नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।
विज्ञान प्रयोगशालाले प्रयोगात्मक सिकाइमा सहजता
हिमा गाउँपालिका–१ बड्कीस्थित कालिका माध्यमिक विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई सहज बनाएको छ ।
जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
शिक्षण सिकाइमा ध्यान दिन अभिभावकलाई आग्रह
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका (लचमुमावि) शिक्षकहरुले शिक्षण सिकाइको वातावरण निर्माणमा ठुलो भूमिका अभिभावकहरुको भएकोले अभिभावकहरुलाई यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
उनानब्बे हजार योग्य, सोह्र हजार सहभागी
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहप्रति विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ । दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीको तुलनामा समारोहमा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थी सङ्ख्यालाई तुलना गर्दा यस्तो देखिएको हो ।
त्रिविको ५१ औँ दीक्षान्त समारोह : यी हुन् पदक र पुरस्कार पाउने २५ जना (नामसहित)
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचनामा यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।