शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १९ गते । आज (बिहीबार) देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरीबाट नौ हजार दुई सय ७६ जना विद्यार्थी सहभागी हुँदै छन् ।
जिल्लाको सरकारी र सामुदायिक गरी कुल १६२ विद्यालयका नौ हजार दुई सय ७६ जना विद्यार्थी एसइईमा सहभागी हुने भएको हो ।
सप्तरीमा एसइई परीक्षाका लागि ३९ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख शशी यादवले जानकारी दिनुभयो ।
परीक्षालाई मर्यादित र सफल बनाउन ३९ वटा परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष ३९, सहायक केन्द्राध्यक्ष ४३, निरीक्षक ४४६, परीक्षा सहायक ७५, कार्यालय सहयोगी १६३ खटाइएको गरिएको उहाँले बताउनुभयो ।
परिक्षा केन्द्रको सुरक्षामा ५८५ जना सुरक्षाकर्मीसहित १३५१ जना कर्मचारी खटाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ ।