काठमाडौँ, वैशाख १८ गते । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो २० औं कंगारु डे मनाएको छ ।
उक्त अवसरमा फाउण्डेसनले बिहीबार विविध कार्यक्रम गरेको छ । काठमाडौँको बागबजारस्थित पर्पल हाउसमा मुख्य कार्यालय रहेको कंगारु एजुकेशनले नेपाल तथा अस्ट्रेलियामा गरी १४ वटा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले आफ्नो २० वर्षे यात्रालाई केवल उत्सवका रूपमा मात्र नभई उपलब्धि, विश्वास, सेवा र आगामी भविष्यप्रतिको प्रतिबद्धताको अवसरका रूपमा मनाउने जनाएको छ । सो अवसरमा नेपालभर रहेका सम्पूर्ण कार्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मुख्य समारोह काठमाडौँस्थित पर्पल हाउसमा सम्पन्न भएको छ ।
कंगारु एजुकेशनले वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, यूके, संयुक्त राज्य अमेरिका तथा क्यानाडा जान इच्छुक विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । साथै, अङ्ग्रेजी भाषा तयारी कक्षाहरू समेत सञ्चालन गर्दै आएको संस्थाले सोही दिन विशेष रूपमा “यूके तथा न्युजिल्याण्ड भर्ना दिवस” आयोजना गरेको छ ।
भर्ना दिवसमा यूके तथा न्युजिल्याण्डका ४५ भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता रहेको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श, आवेदन प्रक्रिया सहजीकरण, विशेष छात्रवृत्ति अवसर तथा विभिन्न छुट सुविधाहरू उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
यसका साथै, २० औं कंगारु डे को अवसरमा संस्थाले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, विभिन्न खेलाडीहरूलाई सम्मान, पुस्तकालय स्थापनाको घोषणा, तथा संस्थाका नेपाल तथा विदेशस्थित कार्यालय प्रमुख र प्रतिनिधिहरूको सहभागितामा विशेष समारोह आयोजना गरेको छ ।
सो समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा कार्यालयहरूलाई विभिन्न विधामा सम्मान गरिएको फाउण्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिना महेशबाबु तिमल्सिनाले जानकारी दिनुभयो । साथै, संस्थाले आगामी पाँच वर्षका लागि आफ्नो संस्थागत विकास, डिजिटल रूपान्तरण, सेवा विस्तार तथा उत्कृष्टता केन्द्रित रणनीतिक मार्गचित्र समेत सार्वजनिक गरेको छ ।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले भन्नुभयो, “२० वर्षको यो यात्रा विश्वास, निरन्तरता र समर्पणको परिणाम हो । अब हामी आगामी पाँच वर्षलाई अझ प्रविधिमैत्री, गुणस्तरीय र प्रभावकारी सेवामार्फत नयाँ उचाइमा पु¥याउने लक्ष्यमा अगाडि बढिरहेका छौं ।”