नियमित तर्फको एसइई सम्पन्न
राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो।
शिक्षामा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गर्नुभएको छ ।
जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
तानसेन नगरपालिकामा सरकारी सेवा (सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
समयमै पाठ्यपुस्तक पाउँदा नतिजा सुधारोन्मुख
केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा पढ्नुहुन्छ, अङ्किता दमाई । अघिल्ला कक्षाहरूमा मुस्किलले प्राप्ताङ्क पुर्याउने अङ्किताले यस पटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याउनुभयो ।
विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने
काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।
गुल्मीमा सहजै पुग्यो पाठ्यपुस्तक
यस वर्ष सहज रुपमा गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका पाठ्यपुस्तक पुगेको छ ।
राष्ट्रपति पौडेल तनहुँमा
राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुग्नुभएको हो ।
विद्यालय आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् ।
भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।
दुर्गममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण
ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । स्थानीयवासी मागलाई सम्बोधन गर्दै जर्मन सहयोग रहेको हेल्फे नेपाल संस्थाले सो भवन निर्माण गरेको हो ।
शिक्षक राजनीतिमा लाग्दा शिक्षा गुणस्तर डामाडोल
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकलाई सक्रिय राजनीतिमा लगाउँदा गुणस्तरीय शिक्षामा बाधा हुने बताउनुभएको छ ।
एसइईमा मोबाइलको प्रयोग गर्ने विद्यार्थी निष्कासित
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ ।
दुई परीक्षा निरीक्षक निष्कासित
बाँकेको एक परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । नेपालगन्जमा रहेको महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार सञ्चालित परीक्षामा विद्यार्थीहरूले मर्यादा विपरीत गतिविधि गरिरहँदासमेत आफू मूकदर्शकको रूपमा रही परीक्षा निरीक्षकको न्यूनतम कर्तव्य पालनासमेत नगरी गैरजिम्मेवारी काम गरेका दुई जना परीक्षा निरीक्षकलाई निष्कासन गरिएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
चिट चोराउने प्रिन्सिपल कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
नेपालीमा नाम नराखे भर्ना रोक्का
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ ।
एसइईमा वञ्चित भएकालाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइन्छ : शिक्षामन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट वञ्चित भएका कुनै पनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताउनुभएको छ।
विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो : सांसद बस्नेत
राष्ट्रिय सभाको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने
गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ ।
बजेट नआएपछि विद्यालय भवन निर्माण रोकियो
थप बजेट प्राप्त नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवन प्रभावित बनेको छ ।
तनहुँमा नयाँ शिक्षकको दरबन्दी निर्धारण
शिक्षक सेवा आयोगबाट तनहुँका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ ।
एसइईमा चिट चोराउने गिरोह नै सक्रिय, छ जना पक्राउ
यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
नयाँ शिक्षकको दरबन्दी निर्धारण
ताप्लेजुङका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । स्थानीय तहको आवश्यकताअनुसार प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुको दरबन्दी निर्धारण गरिएको हो ।
सकिएको परीक्षा पुनः दिनुपर्ने सूचना जारी भएपछि विद्यार्थी तनावमा
विद्यालय स्तरको आधारभूत तह (कक्षा ८) को परीक्षा सकेर नतिजा कुरिरहेकी भरतपुरका आयुस्का अधिकारी पुनः परीक्षा हुने सूचना जारी भएपछि आश्र्चयमा पर्नुभएको छ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमः अभिभावकविहीनलाई छात्रवृत्ति
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले ‘२३ औँ सशस्त्र प्रहरी दिवस-२०८०’को अवसरमा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।