• ४ जेठ २०८१, शुक्रबार

अमेरिकामा नेपाली पढ्दै बालबालिका

blog

आफ्नो जन्मभूमि, भाषा, संस्कृति, परम्पराको माया कसलाई हुँदैन र ?  विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीको पहिचान भनेकै हाम्रो भाषा र संस्कृति हो । यसैको जगेर्ना गर्ने उद्देश्यले नेपाली समुदायका बालबालिकालाई अमेरिकाको जर्जियामा नेपाली कल्चर सेन्टरमार्फत नेपाली भाषा पढाउन सुरु गरिएको छ । 

नेपाली कल्चर सेन्टर अमेरिकाका उपाध्यक्ष राजु थापाका अनुसार नेपाल आउँदा नेपालीमा लेखिएका होर्डिङ बोर्ड र  ठाउँहरूका बारेमा अक्षर पढ्न सकून, आफन्तसँग बोलीचाली गर्न सकून् र म नेपाली हुँ भन्ने भावना जागृत होस् भन्ने उद्देश्यले हप्तामा एक दिन यस्तो कक्षाको सुरुवात गरिएको हो ।

मुना डेक्स