विद्यार्थीको पढाइ शुल्क गाउँपालिकाले तिरिदिने
ताप्लेजुङको फक्ताङ्लुङले गाउँपालिकाले पालिकाभित्रका स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क बेहोर्ने भएको छ । स्नातक तह अध्ययन गर्दा विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
एसइईको लागि १७६ जना जनशक्ति परिचालन
हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७६ जना जनशक्ति परिचालन हुने भएका छन् । कार्यालय सहयोगीदेखि केन्द्र अध्यक्षसम्म परीक्षा सञ्चालनका लागि ती जनशक्ति परिचालन भएका हुन् ।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने
विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ ।
जनक शिक्षाको पाठ्यपुस्तक विक्री सुरु
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने लक्ष्य अनुसार मङ्गलवारदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।
हजुरआमा, आमा र छोराछोरी सँगै एसइई दिँदै
सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुग्नुभयो । रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आउनुभएकी उहाँ यतिबेला नाति उमेरका किशोर किशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुँदै हुनुहुन्छ ।
कर्णालीमा घटिरहेका छन् विद्यार्थी, खस्किँदो छ गुणस्तर
राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सञ्चालन गर्न लागिएको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । परीक्षा बिहीबारदेखि सुरु भई २७ गते सम्पन्न हुने छ । देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । कर्णाली प्रदेशमाका ३५ हजार ८०८ जना परीक्षार्थीहरू एसइईमा सहभागी हुँदै छन् । जसमध्ये छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ जना रहेका छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।
शुल्क निर्धारण र छात्रवृत्तिमा कडाइ
विद्यालय तहमा देखिएको शुल्क विवाद तथा छात्रवृत्तिसम्बन्धी समस्याको एकमुष्ट समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सक्रिय भएको छ । हरेक वर्ष सामुदायिक तथा निजी विद्यालयमा देखिने गरेका यस्ता समस्या समाधानमा शिक्षा मन्त्रालय तथा सम्बन्धित स्थानीय तहले चासो नदिएको आरोप लाग्ने गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन तीन साता मात्र बाँकी छ । मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्तिका सम्बन्धमा भएका नीतिगत व्यवस्थालाई कडाइका साथ लागु गर्न १० बुँदे पत्राचार गरेको छ । मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई अर्को परिपत्र गरेको छ ।
भीमसेन थापामा ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान
विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियानस्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ ।
पर्वतबाट दुई हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै
पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ । छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको सङ्केतका रूपमा बुझ्नुपर्ने तर्क जनसङ्ख्याविद्को छ ।
बोर्ड बैठकमा बस्न पाउँदैनन् परीक्षा नियन्त्रक
परीक्षा सञ्चालन गर्ने निकायका प्रमुख जिम्मेवार पदाधिकारी नै परीक्षासम्बन्धी बैठकमा सहभागी हुन नपाउने त्रुटिपूर्ण कानुनी व्यवस्था रहेको छ । विद्यालय तहको अन्तिम परीक्षा सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक परीक्षाबारे कुनै पनि निर्णय गर्दा बोर्ड बैठकमा उपस्थित हुन पाउँदैनन् । विगतमा परीक्षा नियन्त्रकलाई सदस्य सचिवको जिम्मेवारी दिने गरिएकोमा २०७३ सालमा संशोधन गरिएको शिक्षा ऐनमा बोर्डमा परीक्षा नियन्त्रक नरहने व्यवस्था गरिएको छ ।
ओझेलमा अपाङ्गता पढाउने विद्यालय
शारीरिक अपाङ्गता हुनुभएका पोखरा महानगरपालिका-१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका-१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।
दुर्गमका विद्यार्थीलाई वित्तीय शिक्षा
बचत गर्ने बानीको विकास गर्न सिकाउन हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरूलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरिएको छ ।
गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरूले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताउनुभएको छ ।
दाङमा एसइईका लागि ४७ परीक्षा केन्द्र तोकियो
दाङमा यस वर्ष १२ हजारभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
मनाङबाट ४० जना विद्यार्थीले एसइई दिँदै
आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ ।
शिशु कक्षा पढ्छन् किशोर किशोरी र प्रौढहरू
२७ बर्षीया मनीषा कोइराला सँगसँगै जन्मेका कतिपय अहिले कलेज पढाउँछन् । २०५८ मा जन्मिनुभएकी उहाँका भाइ अहिले कोरियामा वैदेशिक रोजगारीमा हुनुहुन्छ । मनीषा भने अहिले पनि शिशु कक्षामै पढिरहनुभएको छ ।
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता
चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो ।
गुल्मीबाट एसइई दिने विद्यार्थी घट्दै
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो तीन वर्षको तथ्याङ्कमा जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थी घट्दै गएको देखिएको हो ।
पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यसामग्री कार्यान्वयनमा
पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ्य सामग्री कार्यान्वयन गरेको छ ।
रुकुमपश्चिममा एसइईको लागि २३ वटा केन्द्र तोकियो
आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रुकुमपश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
नवलपुरमा छ हजारले एसइई दिँदै
नवलपुरमा यस वर्ष ६ हजारभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
चार हजार १२४ ले एसईई दिंदै
स्याङ्जामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार १२४ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।