विद्यालयको दिवा खाजामा स्थानीय परिकार
सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् ।
पदस्थापना भएका नयाँ शिक्षक तीन वर्षसम्म एकै विद्यालयमा बस्ने नियम
शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण भई पदस्थापना भएर आउने नयाँ शिक्षकहरूले कम्तीमा पनि तीन वर्ष पदस्थापना भएको विद्यालयमा बस्न पर्ने नियम लागु गरिएको छ ।
तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा
साउनदेखिको तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा बसेपछि करिब पाँच हजार विद्यार्थी मारमा परेका हुन् ।
विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप
बागलुङको जैमिनी नगरपालिका-१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ ।
बिटिआइको शैक्षिक विकास र स्तरोन्नति गर्न केयूसँग उपमहानगरपालिको पहल
बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ ।
युएसएआइडीद्वारा करिब ११ अर्ब सहायताको घोषणा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ ।
एसइईका लागि छ वटा परीक्षा केन्द्र सिफारिस
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) सञ्चालनमा लागि जिल्लाबाट छ वटा परीक्षा केन्द्रहरू सिफारिस गरिएको छ ।
ज्ञानकूपः पहिले विद्यार्थी खोज्नुपर्थ्याे, अहिले विद्यार्थीले खोज्छन्
जनकपुरधाम, फागुन २० गते । धनुषाको जनकपुरधाम–८ स्थित श्री याज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेश प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र द्वन्द्वका बेला भने पठनपाठन करिब ठप्प भयो ।ऐतिहासिक महत्वको यो विद्यालय फेरि पुरानै अवस्थामा फर्किएला भनेर धेरैले अनुमान गरेका थिएनन् तर सशस्त्र द्वन्द्व सकिएको केही वर्षमै विद्यालयले पुरानै लक्ष्यका साथ पठनपाठन सुरु गर्यो । “द्वन्द्वले संस्कृत शिक्षा सङ्कटमा थियो । धेरै जना संस्कृत पढ्न डराउँथे । त्यसैले विसं २०६६ मा फेरि पठनपाठन सुरु गर्दा घरघर गएर खोज्दा पनि करिब २५–२६ जना विद्यार्थीमात्रै पाएका थियौँ । सबैको मेहनतका कारण हरेक वर्ष विद्यार्थी थपिँदै गए । अहिले हामीले विद्यार्थी खोज्न जानु नपर्ने अवस्था बनाएका छौँ”, प्रधानाध्यापक सञ्जयकुमार झाले भन्नुभयो ।उहाँले सशस्त्र द्वन्द्वका कारण निशानामा परेको संस्कृत शिक्षा प्रदान गर्ने विद्यालयमा काम गर्नु पनि चुनौतीपूर्ण अवस्थामा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीले हिम्मत गरेर पुरानै साख फर्काउन थालेको अभियानले २०७३ सालपछि मात्रै सार्थकता पाउन थालेको स्मरण गर्नुभयो । “ऋषि याज्ञवल्क्यको पालादेखि चलेको हाम्रो विद्यालयलाई संस्कृत शिक्षाको हबमात्रै होइन, आधुनिक प्राविधिक शिक्षासँग पनि जोड्नुपर्छ भनेर २०७३ सालमा प्राविधिक विषय पनि सुरु गर्यौँ । त्यसो गर्दा पनि एक सय २३ विद्यार्थीमात्रै हामीसँग थिए”, झाले भन्नुभयो, “तर अविचलितरूपमा गुणस्तरीय शिक्षा दिन सबै जिम्मेवार भएर लाग्यौँ । हाम्रो लगाव, अभिभावक र अरु सम्बद्ध निकायको सद्भावले त्यो सङ्ख्या अहिले दुई हजार पाँच सय पुगेको छ ।”विसं १९६६ मा याज्ञवल्क्य संस्कृत प्रधान पाठशालाबाट औपचारिकरूपमा कर्मकाण्डी शिक्षा (संस्कृत) दिन थालेको सो विद्यालयले यस दौरान थुप्रै सिद्धहस्त संस्कृत भाषाविद्हरू जन्माएको छ । ज्ञानकूपको नामले परिचित यस विद्यालयले संस्कृत शिक्षा पठनपाठनको संस्कृति नै ओझेलमा परिरहेको समयमा नयाँ पुस्तामा ‘संस्कृत ज्ञान’ को दीप जलाउन निरन्तर ‘ज्ञानकूप’को काम गरिहेको सहायक प्रधानाध्यापक सोमनाथ भट्टराई बताउनुहुन्छ । “मैले यस विद्यालयमा २०७१ सालमा अध्यापन सुरु गर्दा ७५–७६ जना विद्यार्थी थिए । पछि वैदिक शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले २०७३ सालमा प्राविधिक विषय (कम्प्युटर) थप्यौँ । त्यो सन्देश घरघरमा गएर भन्याँै, त्यसपछि भने विद्यार्थी सङ्ख्या निरन्तर बढ्दो क्रममा छ”, भट्टराईले भन्नुभयो ।अहिले कक्षा १ देखि ५ सम्म एक सय अङ्कको संस्कृत, ६ देखि ८ कक्षासम्म भाषा र व्याकरण गरी दुई सय पूर्णाङ्क तथा ९ देखि १२ कक्षासम्म प्राविधिक, संस्कृत र साधारण शिक्षाको सुविधा रहेको उहाँले बताउनुभयो । त्रेतायुगमा जनकपुत्री सीताले शिक्षादीक्षा लिएको र यहीँ बसेर याज्ञवल्क्यले शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखा लेखेको भनिने यस ऐतिहासिक विद्यालयमा अहिले ६५ विद्यार्थी आवासीयरूपमा र समग्रमा साढे चौबीस सयभन्दा बढी विद्यार्थी पढिरहेका छन् ।विद्यालयको ऐतिहासिकताजनकपुर प्राचीनकालदेखि नै वैद्धिक दर्शन र आर्यचिन्तन परम्पराको केन्द्रका रूपमा रहँदै आएको छ । यहाँ यज्ञबल्क्य, मैत्रैयी, गार्गी, अष्टावक्रलगायत ऋषिमुनि, विद्वान् तथा विदुषीहरूको ध्यान, साधना, कर्मकाण्ड परम्परादेखि चलिरहेकै छ । त्यसैले त अध्ययन–अध्यापनका साथै ग्रन्थप्रणयनजस्ता कार्यहरू पनि यहाँ निरन्तर भइरहेको विभिन्न समयमा सुरु भएका गुरुकुल तथा विद्यालय परिसरमा अवस्थित ज्ञानकूप, विद्याकूप र शातानन्दकूपका अवशेषले त्यही प्राचीन परम्परालाई स्मरण गराउने गरेको जानकारहरू बताउँछन् । अध्ययन–अध्यापनको त्यही गुरुकुल परम्पराको केन्द्र जनकपुरमा १९९६ सालमा सरकारी तबरबाट संस्कृत पाठशालाको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक झाले जानकारी दिनुभयो । उपलब्ध विवरणअनुसार त्यसअघि १८८५ वैशाख अक्षय तृतीयामा कर्मकाण्ड शिक्षालयका रूपमा लक्ष्मण मन्दिरको प्राङ्गणबाट पठनपाठन सुरु भएको थियो । पछि १९१० सालमा राममन्दिरको झुलाघर र १९६० सालमा यी सबैलाई एकीकरण गरी श्रीराम मन्दिर र जानकी मन्दिरको उत्तरपश्चिम भागमा एउटा फुसको आश्रममा विद्यालय स्थापना गरी वेद, व्याकरण, न्याय, ज्योतिष आदि विषयको पठनपाठन प्रारम्भ गरेको इतिहास भेटिन्छ ।तत्कालीन मालपोत विभागअन्तर्गतको संस्कृत बन्दोबस्त नागरिक फाँटबाट १९६६ वैशाखदेखि ‘राजकीय संस्कृत प्रधान पाठशाला’को नाममा वैधानिकता पाएको र त्यहीबेला व्याकरण, ज्योतिष र साहित्य गरी तीन विषयको स्वीकृति पाएको विद्यालयद्वारा प्रकाशित शताब्दी स्मारिका–२०६९ मा उल्लेख छ । यसबीचमा विसं १९७३ मा वेदवेदाङ्ग पाठशाला, १९९० वैशाख शुक्ल अक्षय तृतीयका दिन भारतको चित्रकुटबाट आएका साधु मौनीबाबाले मौनीय संस्कृत महाविश्वविद्यालय स्थापना गरेको र मौनीबाबाको प्रयासमा तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरको समेत सहयोग रहेको त्यहाँ उल्लेख छ ।“मौनिबाबाले तत्कालीन प्रधानमन्त्री पद्मशम्शेर तथा स्थानीय दातासँगको सहयोगमा विद्यालय निर्माणका लागि तीन बिघा सात कट्ठा १० धुर तथा सञ्चालन खर्चका लागि झण्डै ५१ बिघा जग्गा भिक्षाटनबाट प्राप्त गरेका र ६५ विद्यार्थीको पठनपाठन, आवासीय खर्च पूर्ति गर्ने शर्तमा त्यो सबै सम्पत्ति २००५ सालमा गुठी संस्थानमा सुम्पिनुभयो”, स्मारिकामा उल्लेख छ, “पछि १९६० सालमा एकीकृत गुरुकुल र सन् १९६६ मा वैधानिकता प्राप्त राजकीय संस्कृत प्रधान पाठशालालाई २००५ सालमा र २००८ सालमा वेदवेदाङ्ग पाठशालालाई समेत ज्ञानकूपमै समावेश गरेर बनेको त्रिगङ्गाको संयुक्त रूप यो विद्यालय हो ।”ती सबै संस्कृत पाठशालाको एकीकृत रुप मानिएको यो विद्यालय २०२४ सालमा याज्ञवल्क्य संस्कृत महाविद्यालयका रुपमा स्थापित भएको हो । विसं २०२० बाट त्रिभुवन विश्वविद्यालयबाट परीक्षा सञ्चालन हुनुअघि यहाँ भारतका विहार संस्कृत समिति र कामेश्वर संस्कृत विश्वविद्यालयसँग मिलेर परीक्षा हुने गरेको थियो । विसं २०३० मा महाविद्यालय स्थानान्तरित भएर महोत्तरीको मटिहानीमा लगियो तर राजनीतिक व्यवस्था परिवर्तनपछि फेरि २०४७ सालमा यसै विद्यालयमा हजारी जनक विद्यापीठ स्थापना भयो ।संस्कृतका जानकार एवं जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार याज्ञवल्क्य माता जानकी प्रादुर्भावभन्दा धेरै पूर्वका जनक राजाहरूका शिक्षादीक्षाका गुरु र विद्वत्सभाका प्रमुख हुनुहुन्थ्यो । तिनै याज्ञवल्क्यले वेद शिक्षा त्यागेर हिँडेपछि दूधमती नदी किनारको अर्थात् ज्ञानकूप क्षेत्रमा उपासना गरी यजुर्वेद प्राप्त गरेको पनि किंवदन्ती छ । “यो विद्यालय तिनै याज्ञवल्क्यजस्ता सिद्धहस्त विद्वानहरूले साधना गरेको स्थल हो । पहिले नितान्त वैदिक कर्मकाण्डी शिक्षा दिने गरिएकामा अहिले त्यो शिक्षा नाममात्रको छ । त्यो गरिमा राख्न सकिएको छैन । त्यसतर्फ कसैको ध्यान छैन”, महन्थ दासले भन्नुभयो, “त्यो मात्रै होइन, वैदिक धर्मसँग जोडिएका सबै पक्ष कमजोर हुँदै गएका छन् । यसमा ध्यान दिइनुपर्छ ।”विद्यार्थीको चापविद्यालयमा अहिले करिब दुई हजार पाँच सय विद्यार्थी छन् । अबको केही वर्षमै त्यो सङ्ख्या पाँच हजार पुर्य ाउने लक्ष्यसहित काम भइरहेको छ । यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक, संस्कृत र साधारण गरी तीन सङ्कायमा पठनपाठन भइरहेको छ । प्राविधिकतर्फ कम्प्युटर र साधारणतर्फ व्यवस्थापन तथा विज्ञान सङ्कायको पठनपाठन हुने गरेको छ तर त्यसका लागि आवश्यक भौतिक पूर्वाधार, कक्षाकोठा, शिक्षक–शिक्षिका र लगानीको अभाव रहेको उहाँको भनाइ छ ।प्रधानाध्यापक झाले कक्षा ६ देखि १० सम्म एक सय विद्यार्थी हुँदाको दरबन्दी र वेदविद्यातर्फ १९६६ सालकै दरबन्दीअनुसार पढाउनु परेकाले धेरै समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जम्मा निजी स्रोत, काजसहितका ३२ जना शिक्षक–शिक्षिका छौँ । विद्यार्थीको चाप बढेपछि बिहान र दिउँसो गरी दुई चरणमा अध्ययन–अध्यापन भइरहेको छ । पाँच वर्षदेखि नमूना विद्यालय भएपछि त झन् भौतिक पूर्वाधारमा सहयोग नहुँदा समस्यामा छौँ ।”कर्मकाण्डी शिक्षामा जातीय आरक्षणयस विद्यालयमा साधारण र प्राविधिकतर्फ सबैका लागि खुला छ तर आवासीय कर्मकाण्डी शिक्षा पढ्ने ६५ सिटमा भने जातीय आरक्षण छ । यहाँ ब्राह्मणबाहेक अहिलेसम्म अन्य जातिलाई पढ्न वर्जित छ । सुरुदेखि गुठी संस्थानले ५४ र ब्रह्मचारीले दिने नौ गरी ६५ जनालाई भोजनवृत्तिसहित आवासीय सुविधा दिइरहेको छ ।गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द कर्मचार्यले संस्थानले कुनै जातिलाई पढाउनु वा नपढाउनु भनेर छात्रवृत्ति दिने नगरेको बताउनुभयो । “आवासीयरूपमा कर्मकाण्डी शिक्षा दिने कार्यको सहजताका लागि संस्थानले स्थापनाकालदेखि नै छात्रवृत्ति दिइरहेको हो । हामीले समग्रमा दिने हो । कसलाई पढाउने वा नपढाउने विषय विद्यालयको क्षेत्राधिकारको विषय हो”, कर्माचार्यले भन्नुभयो । रासस
तीन विश्वविद्यालय उपकुलपतिविहीन
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहनुभएको छ ।
शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउन टेलिभिजन जडान गरिएको छ । बालविकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले टेलिभिजन जडान गरिएको हो ।
संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।
कार्यसम्पादनमा उत्तम विद्यालय रेसुङ्गा मावि
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ स्थित रेसुङ्गा माध्यमिक विद्यालय कार्यसम्पादनमा उत्तम विद्यालयको रूपमा रहेको छ ।
९१ वर्षीय प्रेमलाल उत्कृष्ट विद्यार्थी
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गर्नुभएको छ ।
विद्यालयलाई एक करोड सहयोग जुट्यो
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनः मिलन अभियानमार्फत सो रकम सङ्कलन भएको हो ।
विज्ञान प्रदर्शनीमा हलेश्वर माध्यमिक विद्यालय प्रथम
माध्यमिक तह विज्ञान प्रदर्शनी कार्यक्रममा गौरीशङ्कर गाउँपालिका–५ को हलेश्वर माध्यमिक विद्यालयले प्रथम भएको छ । विद्यालयले नगद पाँच हजार र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
‘मेरो कोरियन साथी’ शब्दकोष लोकार्पण
पश्चिम नेपालमा पहिलो पटक स्थानीयस्तरमा कोरियाली भाषाको शब्दकोष विमोचन गरिएको छ । बिहीबार एक कार्यक्रमबिच लामो समयदेखि कोहलपुरमा रहेर कोरियन भाषा प्रशिक्षण गर्दै आउनुभएका प्रशिक्षक भोपेन्द्र कवरद्वारा लिखित ‘मेरो कोरियन साथी’ शब्दकोष विमोचन गरिएको हो ।
विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैनः अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताउनुभएको छ ।
नेपालगन्जमा महावीर पुनको पुस्तक एक हजार सात सय थान विक्री
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनद्वारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकको नेपालगन्जमा उत्साहजनक विक्री भइरहेको छ ।
एनआरएनएको सहयोगमा पुस्तकालय स्थापना
अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।
प्राकृतिक स्रोत व्यवस्थापन (कृषि) क्याम्पस सञ्चालनमा
स्याङ्जाको चापाकोटमा प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन (कृषि) क्याम्पस सञ्चालनमा आउने भएको छ । क्याम्पस सञ्चालनको बारेमा लामो समयदेखि विवाद र चर्चा हुँदै आएको थियो ।
सामुदायिक विद्यालयका भवन राम्रा बने , विद्यार्थीको आकर्षण बढेन
विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
सिमकोट गाउँपालिकाको स्थानीय पाठ्यक्रम
सिमकोट गाउँपालिकाले यसअघि मस्यौदाको रूपमा रहेको स्थानीय पाठ्यक्रमलाई पुस्तकका रूपमा तयार पारेको छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्देश्यका साथ सिमकोटले स्थानीय पाठ्यपुस्तक तयार पारेको हो ।
भक्तपुरका निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान
सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो ।