• २५ जेठ २०८२, आइतबार

फिक्सन अध्यक्षमा तिमिल्सेना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २५ गते । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित हुनुभएको छ । काठमाडौँको पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारण सभाले तिमिल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष तिम्लसेनाले संस्थाका योजनालाई कार्यान्वयन गर्ने र चलचित्र समीक्षालाई बढाउने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घसँग आबद्ध एसोसिएट संस्था ‘फिक्सन’ को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रिना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल रहनुभएको छ । साधारण सभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञशर पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी थिए । नयाँ कार्यसमितिले दुई वर्षसम्म ‘फिक्सन’ को नेतृत्व गर्ने छ ।