• २६ वैशाख २०८१, बुधबार

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु

blog

जयकृष्ण यादव
इनरुवा, वैशाख १५ गते ।
 सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुगरेको छ । स्थानीय पृथ्वीनारायण माध्यमिक विद्यालयमा चालु शैक्षिक वर्षबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो ।

विद्यालयले सरोकारवालाहरूसँग छलफल गरेर पहिलो वर्ष कक्षा शिशु र कक्षा १ बाट अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने गरी भर्ना अभियान चलाएको जनाएको छ ।

अङ्ग्रेजी माध्यममा पठनपाठन गर्दा अन्य विद्यालयहरूले शुल्क लिएर पठनपाठन गराउने गरेकोमा सो विद्यालयले भने निःशुल्क रूपमा भर्नासहित अध्यापन गराउने कार्य सुरु गरेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अजादले जनाकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभाव समेतको सहयोगमा शिक्षालाई गाउँपालिकाको पहिलो प्राथमिकतामा राख्दै पृथ्वीनारायण माविमा अङ्ग्रेजी माध्यमको पठनपाठन थालिएको बताउनुभयो ।

अङ्ग्रेजी माध्यमलाई थप आवश्यक सहयोग गर्ने अध्यक्ष अख्तरले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पृथ्वीनारायण माविलाई पालिकाकै नमुना विद्यालयको रूपमा विकास गर्दै क्रमशः पालिकाका सबै विद्यालयलाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयमा रूपान्तरण गर्दै जाने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि सबै खाले सहयोग गर्न समेत तयार रहेको बताउनुभयो ।