• २३ वैशाख २०८१, आइतबार

१८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, वैशाख १३ गते । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका ११९ विद्यालयका १८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गरेको छ । 

१२ औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहमा सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले छात्रवृत्ति प्रदान गर्नुभयो । त्यस अवसरमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको दूतावासले जनाएको छ ।

त्यस अवसरमा सचिव सुरेश अधिकारीले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर सहयोग र प्राविधिक सहयोग गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले छात्रवृत्ति प्रदानलाई नेपाल र पाकिस्तानबिचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनुभयो । 


नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले पाकिस्तानले नेपालमा छात्रवृत्ति कार्यक्रम र तेस्रो तहदेखि माध्यमिक शिक्षासम्मको सहयोग विस्तारका लागि आफ्नो प्रयास जारी राख्ने बताउनुभयो । उहाँले नेपाली युवालाई अध्ययन, खेलकुद र स्वस्थ्य सामाजिक गतिविधिका क्षेत्रमा उत्प्रेरित गर्नु द्विपक्षीय सहयोगको मुख्य आधार रहेको बताउनुभयो ।