• १२ साउन २०८१, शनिबार

छाना उडाउँदा विद्यार्थीलाई बिचल्ली

blog

हावाहुरीका कारण क्षति भएको शिशुसुधार आधारभूत विद्यालयको भवन । तस्विरः शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, जेठ ३ गते । हावाहुरीका कारण विद्यालयको छाना उडाएपछि मङ्गलसेन नगरपालिका –१३ बस्तीको एक विद्यालयका विद्यार्थी बिचल्लीमा परेका छन् । बस्तीमा रहेको शिशुसुधार आधारभूत विद्यालयको छाना बुधबार बेलुकी आएको हावाहुरीले छाना उडाएपछि समस्या भएको छ । 

जस्तापाताको छाना उडाएपछि गर्मीको समयमा विद्यालयको प्राङ्गणमा कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक धर्मबहादुर नेपालीले जानकारी दिनुभयो । छानासँगै कक्षा कोठामा रहेका केही डेस्कबेञ्च र अन्य सामग्रीमा समेत क्षति पुगेको छ । 

हावाहुरीले एक छेउको जस्तापाता उडाएर अर्कोतिर पुगाएको प्रधानाध्यापक नेपालीको भनाइ छ । सो विद्यालयमा हाल एकसय ५५ विद्यार्थी अध्ययनरत रहेका छन् । 

छाना उडाएको र विद्यार्थीलाई कक्षा कोठामा बसेर पढ्न समस्याका बारेमा मङ्गलसेन नगरपालिकाको शिक्षा शाखामा जानकारी समेत गराइ सकेको भनाइ छ । शुक्रबार कार्यालयमै आएर आफूले छानाको मर्मतका लागि पहल गर्ने प्रधानाध्यापक नेपालीको भनाइ छ । एक वर्षअघि करिब ६ लाख रुपियाँ खर्च गरेर सो भवनलाई भूकम्प प्रतिरोधी बनाएर पुनर्निर्माण गरिएको बताइएको छ ।