• १२ साउन २०८१, शनिबार

शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने

blog

फाइल तस्बिर ।

काठमाडौँ, जेठ १ गते । सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

शिक्षण पेसामा रहेका शिक्षक प्राध्यापक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कार्यान्वयन गरिने जानकारी दिनुभयो ।