• ८ कात्तिक २०८१, बिहिबार

अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी

blog

भरतपुरमा अज्ञात समूहले आगजनी गरेकोस्कुल बस । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
भरतपुर, वैशाख ३० गते ।
अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कुलको बसमा आगजनी भएको हो ।

भरतपुर कल्याणपुरमा रहेको स्कुलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेकाे बताइन्छ । उनीहरु आगजनी गरेर फरार भएका छन् ।  आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ ।

प्रध्यानाध्यापक न्यौपानेले कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताउनुभयो । स्मल हेभन काठमाडाैंकाे लिटल एन्जल्सको समन्वयमा चलेको स्कुल हो ।