• १६ भदौ २०८१, आइतबार

अङ्ग्रेजी, विज्ञान र गणितका विद्यार्थी प्रशिक्षार्थी शिक्षक

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा अङ्ग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव पूर्ति गर्नका लागि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थी  शिक्षकको रूपमा प्रयोग गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि विद्यालय तहमा देखिएको यी विषयको शिक्षक आपूर्ति गर्नका लागि मूल्याङ्कनसहित प्रशिक्षार्थी शिक्षकको रूपमा प्रयोग गरिने बताउनुभयो ।