• १२ साउन २०८१, शनिबार

‘विश्वविद्यालय सुधार गर्न छाता ऐन ल्याउनुपर्ने’

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ ३ गते । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताए । 

बहसमा सहभागी हुनुभएका सांसद विद्या भट्टराईले राजनीतिक कारणले विश्वविद्यालय नबिग्रेको उल्लेख गर्दै छाता ऐन ल्याउन सके विश्वविद्यालय सुध्रने बताउनुभयो । “विश्वविद्यालय नसुध्रिनुको कारण राजनीतिक हो भन्ने कुरा गलत भाष्य निर्माण गरिएको छ”, उहाँले भन्नुभयो,  “विश्वविद्यालय सुर्धान सोच बदल्नुपर्दछ । समग्र छाता ऐन ल्याएर विश्वविद्यालय सुधार गर्न सकिन्छ ।” 

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागू गर्न सके सुधार गर्न सकिने धारणा राख्नुभयो । उहाँले सरकारले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनभयो । शिक्षाविद् डा.अनिमा सिंहले विश्वविद्यालयलाई जीवनोपयोगी शिक्षाको थलो बनाउनुपर्ने बताउनुभयो । रासस