• १२ साउन २०८१, शनिबार

दुई वटा विद्यालय भवन हस्तान्तरण

blog

विद्यालयका प्रधानाध्यापकलाई भवनको साँचो हस्तान्तरण गरिँदै ।

बाबुराम शर्मा 

दोलखा, जेठ ४ गते । चीन सरकारद्वारा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका सिंँगटी र भीमेश्वर नगरपालिका–४ जिलुमा निर्मित भूकम्पप्रतिरोधी विद्यालयको भवन हस्तान्तरण गरिएको छ । सिँगटीको कालिनाग माध्यमिक विद्यालयको प्राङ्गणमा एक समारोहबिच चीन सरकारका प्रतिनिधिले विद्यालयका प्रधानाध्यापक,  शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखलाई साँचोसहित औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । 

चीन सरकारले पाँच अर्ब लगानी गरेर यी दुई वटा भवन निर्माण गरेको हो । यसैबिच नेपालस्थित चीनको आर्थिक तथा वाणिज्य कार्यालयका काउन्सिलर सियुले भूकम्पप्रतिरोधी यी दुई नमुना विद्यालय निर्माणमा सहयोग गर्ने सबै कामदार, स्थानीय निकाय, शिक्षा समयन्त्रलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपाल र चीनबिच मैत्रीपूर्ण सम्बन्ध रहेकाले दिर्घकालीन रुपमा यस विद्यालयले शिक्षा क्षेत्रमा प्रभावशालि काम गर्न सियुको सुझाव राख्दै भन्नुभयो, "आगामी दिनमा पनि नेपालसँग शैक्षिक क्षेत्रमा काम गर्न चाहन्छौँ । यहाँका जनताको शैक्षिक स्तर माथि उठोस् । भवन मात्रै भएर हुँदैन । यहाँको विद्यार्थी, शिक्षक र अभिभावकले अपनत्व लिनुपर्छ ।" 

जिलुको सर्व माध्यमिक विद्यालयमा निर्मित तीनतले तीन भवनमा ६ कोठा र कालिनाग माध्यमिक विद्यालयमा निर्मित तीनतले तीन भवनमा ४१ कोठा छन् । चीन सरकारले ढिलै गरी भएपनि जिरी नगरपालिकाको जिरी माध्यमिक विद्यालयमा भूकम्प्रतिरोधी भवन पनि निर्माण गरिरहेको छ ।