• २५ जेठ २०८२, आइतबार

आइपिओ जारी गर्दै होटेल गरिमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २५ गते । होटेल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार एनआइएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटेललाई गरिमा आइपिओ प्रक्रियाको तयारी, नियामक निकायसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालनासम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने उल्लेख छ ।