विमर्शको खुसी
सधैँ अबेलासम्म सुत्ने विमर्श आज भने बिहानै उठेको छ । कोठाको एक कुनाको भुइँतिर ढल्किएर झोक्राइरहेको देखेपछि बाबु विनोदले मायालु पारामा सोधे, “मेरो बाबुलाई के भएको छ ? आज बिहानै पो उठेछ त” तर विमर्शले बोल्ने छाँट देखाएन । बाबुले कपाल सुम्सुम्याउँदै फेरि भने, “मेरो नानालाई के किनिदिनुपर्ने भयो फेरि, ला भन त मैले किनिदिन्छु नि” ऊ केही पनि चलमल गरेन । बरु उल्टै बाबुको हात आफ्नो टाउकोबाट हटाएर कुनातिर स-यो ।
जहाँ छन् बुद्धका आँखा
जहाँ छन् बुद्धका आँखा (२०७८) कवि बमबहादुर थापा ‘जिताली’को नवप्रकाशित गीतिकविताहरूको सङ्ग्रह हो । ‘जिताली’को यो कृति रचनाको प्रकृतिका आधारमा खण्ड क, खण्ड ख, खण्ड ग र खण्ड घ गरी चार भागमा विभक्त छ । यसरी समग्रमा यस कृतिमा अधिकांश एक पृष्ठका र केही दुईदेखि चार पृष्ठसम्मको आयामका १५३ वटा रचना समाहित छन् ।
इमान र लगनका प्रतीक
एकै व्यक्तिका अनेक रूप– कवि, बाल कथाकार, पत्रकार, सम्पादक, सङ्कलक तथा अनुसन्धानकर्ता । एकमा ब
कविता यात्राको सुललित संस्मरण
कताकता कहाँकहाँ सुनेजस्तोे पढेजस्तो कविताहरूको सङ्ग्रहमाथिको सङ्ग्रह रै’छ यो पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ । अझ भन्नुपर्दा आठवटा कविता सङ्ग्रहहरूबाट छानिएका कविताहरूको सँगालो हो यो ।
निबन्धमा नयाँ स्वाद
मूलतः समालोचना र निबन्ध विधामा निरन्तर सक्रिय रहेका व्यक्तित्वको नाम हो– गोपी मैनाली । निजामती सेवाको उच्च ओहोदामा पुगेर हाल अवकाश प्राप्त जीवन बिताइरहेका मैनालीको
सहरिया प्रवृत्ति उजागर गर्ने नाटक ‘लङ टाइम नो सी’
सिनेमाघरमा नेपाली सिनेमाको पोस्टर लागेको छ । टिकट काट्ने ठाउँमा खचाखच भीड छ । ठेलामठेल लाइन । कुनै सरकारी अस्पतालमा स्वास्थ्य बीमा सुविधा लिनेको भीडभन्दा कम छैन । कोही लाइन मिच्न तम्सिरहेका छन् भने कोही फिल्म हेर्न नपाउने निराशामा घरै फर्किन खोजिरहेका छन् । त्यसैबेला एक युवक सिनेमाघरको टिकट काउन्टरभन्दा पर घर फर्किन लागेको एक अधबैँसेलाई गएर झ्याप्प अँगालो मार्छ । अधबैँसेले युवकलाई चिन्दैनन् । युवक छक्क पर्छन् । उनी अधबैँसेलाई आफ्नै दाजुभन्दा नजिकको मानेर सम्बोधन गरिरहन्छन् । लाइन मिचेरै फिल्मको अर्को टिकट आफ्नो दाजुका लागि भनेर ल्याउँछन् ।
सचेतनामूलक सडक नाटक प्रदर्शन
दोलखाको खोरथली सामुदायिक वन उपभोक्ता समूह चरीकोटले आयोजना गरेको वन डँढेलो सप्ताह अन्तर्गत सदरमुकाम चरीकोटको सातदोबाटोमा सचेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार
साहित्य कला सङ्गम, दमकले सात स्रष्टालाई पुरस्कृत गरेको छ । आगामी चैत २५ गते झापाको दमकमा भव्य कार्यक्रम आयोजना गरी लेखकहरूलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ । भवानी मिश्र पुरस्कारबाट चूडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत हुनुभएको छ । त्यसैगरी साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिएको छ ।
भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’ सार्वजनिक
कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । २०७६ सालमा कोकगोष्ठीले कवि सोमनाथ सिग्द्यालको स्मृतिमा इलाममा आयोजना गरेको विशेष गोष्ठीका लागि लेखिकाले अन्य कविहरूका साथमा गरेको इलाम यात्रामा केन्द्रित उक्त कृतिलाई कोकगोष्ठीले प्रकाशित गरेको हो । पुस्तकलाई कार्यक्रममा अध्यक्ष शङ्करराज पन्त, प्रमुख अतिथि प्रा। डा। माधव पोखरेल, तथा साहित्यकारहरू प्रतीक ढकाल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, महेश पौड्याल तथा कवि भवानी खतिवडा स्वयंले सार्वजनिक गरेका थिए ।
इतिहासको पुनर्लेखनबारे जोड
इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्तीका अवसरमा बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको छ ।
‘एभ्रिथिङ एभ्रिह्वेर’ सर्वोत्कृष्ट चलचित्र
यस वर्षको ९५औँ ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अवार्डमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो चलचित्रले पुरस्कार जितेको हो । भारतीय चलचित्र ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ गीतको अवार्ड हात पारेको छ । त्यस्तै सर्वश्रेष्ठ ध्वनिमा ‘टपगन माभेरिक’, सर्वश्रेष्ठ एडप्टेड स्क्रिनप्लेमा ‘वुमन टकिङ’ (सारा पोली), सर्वश्रेष्ठ मौलिक पटकथामा ‘ड्यानियल क्वान’ र ‘ड्यानियल स्किनर्ट’, सर्वश्रेष्ठ भिजुअल इफेक्ट ‘अवतार द वे अफ वाटर’ले हात पारेको छ ।
मेलिना र कृष्णको ‘चट्ट मायालु’
गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमानसिंह बस्न्यातको शब्द, टीका बम्जनको सङ्गीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गर्नुभएको हो ।
महिला चलचित्र प्रदर्शित
किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एकदिने महिलाकेन्द्रित चलचित्र महोत्सव आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न महोत्सवमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका चलचित्र देखाइएको थियो । महोत्सवमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा चलचित्र देखाइएको किपालय प्रडक्सनले जनाएको छ ।
‘मुटुसँग सहयात्रा’ पुस्तक सार्वजनिक
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नामक आत्मवृत्तान्त पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । पुस्तकमा नेपाली चिकित्सकले भोग्नुपर्ने समस्या, भोगेका समस्या, डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीति र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ ।
फेसनका लागि ‘डर्मल पियर्सिङ’
युवा पुस्तामा ‘फेसनेबल’ तथा अरूभन्दा भिन्न देखिन ‘डर्मल पियर्सिङ’ निकै लोकप्रिय बनेको छ । शरीरको कुनै पनि भागको एक चिम्टी छालामा सानो प्वाल पारेर गहनालाई स्थायी रूपमा राखिन्छ । यसरी राखिएको कुनै पनि गहना सहजै फुकाल्न वा फेर्न भने सकिँदैन । काठमाडौँकी रिनी गुरुङले घाँटीमा डर्मल गराउनुभएको छ । घाँटीमा चम्किलो वस्तु देखिनु यसको विशेषता हो ।
खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’
यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनुभएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’ नेपालगञ्जको ऐतिहासिक रानीतलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सो उपन्यासको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार सनत रेग्मी, प्राज्ञहरू महानन्द ढकाल, शशिराम कार्की र हरिप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा विमोचन गर्नुभयो । समालोचकहरू लेकप्रसाद प्याकुरेल र चरित्रा शाहले कृतिमा समेटिएका विषयवस्तु, लेखन शैली र उपन्यासले दिन खोजेको सन्देशमाथि चर्चा गर्नुभएको थियो ।
‘ऋग्वेदसंहिता’को विमोचन
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शनिबार राजधानीमा आयोजित एक समारोहमा हिरण्यकान्त उपाध्या न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’को विमोचन गर्नुभयो ।
छोरी (कथा)
माघ महिना थियो, दिनहरू धुम्मिएका थिए । पानी परेपछि जाडो बढ्दै थियो । त्यही बखत शरद्को छोरीको जन्म भयो । जन्मिएको केही समयपछि नर्सले छोरीलाई आमासँग ल्याएर सुताइदिइन् । आफूसँगै सुतिरहेकी छोरीको हातका औँलाहरू छोरीकी आमाले छाम्न थालिन् । औँला छामिरहँदा उनी झसङ्ग भइन् । उनले छोरीको औँला त चारवटा मात्र भएको पाइन् । छोरीको अर्को हातको आँैला पनि छामिन्, त्यसमा पनि चारवटा मात्र भएको उनले फेला पारिन् ।
सन्दर्भ पनौतीका केही जात्रापर्वहरूको
प्राकृतिक सौन्दर्यले सजिएको ऐतिहासिक एवं सांस्कृतिक नगर हो पनौती । कलापूर्ण मूर्तिहरू र मन्दिरहरूले सजिएको यो नगर कलात्मक छ । शचीतीर्थ, उत्तरप्रयाग, पावनधाम आदि उपनाम पाएको यो नगर धार्मिक आस्थाको केन्द्रविन्दु हो ।
यौनिक विषयका कथा
विभिन्न संस्कृति, परम्परा र त्यसभित्रका अन्य विषयमा केन्द्रित भएर साहित्य सिर्जना गर्ने क्रम नेपाली साहित्य जगत्मा बढिरहेको छ । यसैक्रममा रत्न प्रजापतिको ‘रित्तो रथ’ कथा सङ्ग्रह बजारमा आएको छ । यस सङ्ग्रहका कथामा नेवारी संस्कृति र त्यस संस्कृतिभित्र अन्तर्निहित यौन मनोविज्ञानलाई रोचक रूपमा प्रस्तुत गरिएको छ । ‘रित्तो रथ’का अधिकांश कथामा यौनिक झलक पाइन्छ । सङ्ग्रहमा बत्तीसवटा कथा समावेश छन् । सामाजिक विषयमा लेखिएका कतिपय कथामा यौनमनोविज्ञान सुटुक्क घुसेको पाइन्छ । सामाजिक विकृति विसङ्गतिप्रति रोचक ढङ्गले प्रहार गर्नु प्रजापतिका कथा वैशिष्ठ नै हुन् । नेवारी संस्कृति र यसभित्र जोडिएका विविध प्रसङ्गबाट कथावस्तु ग्रहण गरी कथा लेखनमा सक्रिय प्रजापतिका ‘बिसन्चो’, ‘सेतो बादल’, ‘बदाम बेच्ने केटी’, ‘स्वच्छन्द साँझ’ आदि कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
‘हाम्रा देवदेवी भ्रम र यथार्थ’ विमोचन
शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा बाँकेका वरिष्ठ साहित्यकार किरण आचार्यको सातौँ कृति ‘हाम्रा देवदेवी भ्रम र यथार्थ’ विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी एवं प्राज्ञहरू महानन्द ढकाल, शशिराम कार्की र हरि तिमिल्सिनाबाट सामूहिक रूपमा कृति विमोचन गरिएको थियो । समालोचकहरू चरित्रा शाह, लेक प्याकुरेल र बोधप्रसाद प्याकुरेलले समीक्षा गर्नुभएको कृतिभित्र १८ वटा शीर्षकमा आध्यात्मिक विषयवस्तु समेटिएको छ ।
एक सङ्गीत साधकको जीवनकथा
नेपाली चलचित्र इतिहासमा वा कला सङ्गीत क्षेत्रमा प्रवासी नेपालीहरूको योगदान, श्रम, मेहनतको बेग्लै महìव छ । चलचित्रमा मात्र होइन, नेपाली साहित्य, साङ्गीतिक अनि कला क्षेत्रमा पनि यो कुरा लागू हुन्छ ।
‘मबाट महिलावाद’
११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘मबाट महिलावाद’ कार्यक्रममा प्रविधिले समाजमा पारेको प्रभावबारे नाटक मञ्चन, कविता मुक्तक वाचन गरिएको छ । महिला, विकास र कानुन मञ्च तथा इक्वालिटी नाउ संस्थाद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न कलेजका कानुन सङ्कायका विद्यार्थीले नाटक तथा रचना वाचन गरेर सिर्जनात्मक ढङ्गमा महिलावाद आफैँबाट सुरु गरौँ भन्ने सन्देश दिनुभएको थियो । साथै प्रविधिको दुरुपयोग गरेर महिलाको चरित्र हत्या गर्ने, महिलामाथि हिंसा गर्नेलाई प्रहरी प्रशासनमा गएर उजुरी गर्न प्रेरित गर्ने नाटक तथा विभिन्न रचनाको सन्देश थियो ।
नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ
महिला कलाकारले विभिन्न कार्यक्रममा सहभागिता जनाएर ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । धैरैले समाजिक सञ्जालमार्फत सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना पनि दिनुभएको छ । आफूले प्रत्यक्ष सहभागिता जनाउन नपाए पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिएको नायिका श्वेता खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मलाई हरेक दिन नारी दिवसजस्तै लाग्छ । जहाँ नारीको सम्मान हुन्छ त्यो घर, समुदाय, राष्ट्र राम्रो हुन्छ । त्यसैले नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ ।”