• १३ साउन २०८१, आइतबार

नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार

blog

दमक, चैत १ गते । साहित्य कला सङ्गम, दमकले सात स्रष्टालाई पुरस्कृत गरेको छ । आगामी चैत २५ गते झापाको दमकमा भव्य कार्यक्रम आयोजना गरी लेखकहरूलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ ।

भवानी मिश्र पुरस्कारबाट चूडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत हुनुभएको छ । त्यसैगरी साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिएको छ । त्यस्तै तुलसादेवी न्यौपाने स्मृति पुरस्कार गायक सीताराम ताजपुरियालाई दिइने घोषणा गरिएको छ । पुरस्कारको राशि ३५ हजार नगद, सम्मानपत्र र स्मृति चिह्न रहेको छ । साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेद्वारा प्रेषित विज्ञप्तिमा स्रष्टा छनोट गर्दा सबै उमेर, क्षेत्र, विधाका साधकहरू समेटिएको उल्लेख छ ।