• २६ चैत २०८२, बिहिबार

दुई पुस्तक बजारमा

blog

कास्की, चैत २६ गते । अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमूलक इतिहासका दुई पुस्तक सार्वजनिक भएका छन् । घर्तीका ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका छन् ।

इतिहास तथा संस्कार र संस्कृति गरी दुई भागमा विभाजित ‘मगर जातिको इतिहास’ १७६ पृष्ठ लामो छ । पुुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामकरण, मगरात, मगरको मूल थलो, मगर राज्य र राजाहरू, मगरका थर र उपथर, मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजालगायतका विषय समेटिएका छन् । 

यसै गरी २०७१ सालमा प्रकाशित ‘भर्तीको फन्दा’ को परिमार्जित दोस्रो संस्करण पिपलतुङ रिसर्च एन्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको छ । २६० पृष्ठको ‘भर्तीको फन्दा’ गोर्खा सैनिकको इतिहाससम्बन्धी पुस्तक हो । “भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरी : मगर, गुरुङ, राई, लिम्बूलगायतका समुदायको जीवन, संस्कार, सङ्घर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ,” प्रकाशन संस्था पिपलतुङ रिसर्च एन्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भन्नुभयो ।