• १३ साउन २०८१, आइतबार

‘ऋग्वेदसंहिता’को विमोचन

blog

काठमाडौँ, फागुन २८ गते । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शनिबार राजधानीमा आयोजित एक समारोहमा हिरण्यकान्त उपाध्या न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’को विमोचन गर्नुभयो ।  

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले वेदले बताएका ज्ञानका बारेमा जिज्ञासा राख्नेका लागि यो पुस्तक महŒवपूर्ण रहेको भन्दै हाम्रा पौराणिक ग्रन्थको अनुवाद–सम्पादन आदि कार्य भइरहन आवश्यक छ भन्नुभयो । सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले हाम्रा धर्म–संस्कृति परम्पराहरूको संरक्षण संवद्र्धनको आवश्यकताका बारेमा चर्चा गर्दै वेदलाई नेपालीमा व्याख्या गर्दै सबैले बुझ्न सक्ने बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

प्राडा केदार न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, प्रा. गुणनिधि न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकाल, पुस्तकका सम्पादक प्राडा नुरापति पोखरेल, लेखकका पुत्र भूमिकुमार न्यौपाने, डा. शान्तिकृष्ण अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।