जुर्मुराउँदै रङ्गमञ्च
संसारलाई नै हल्लाएको कोभिड–१९ बाट अछुतो रहेको कुनै क्षेत्र थिएन । कोभिडका कारण अधिकांश क्षेत्रको अवस्था उकालोतर्फ धकेलिएको थियो । यसको असरबाट नेपाली रङ्गमञ्च पनि बच्ने कुरै भएन । स्थिति कस्तोसम्म आएको थियो भने रङ्गमञ्चमा आश्रित कतिपय यस क्षेत्रबाट पलायन हुने अवस्था थियो । अहिले समय फेरिएको छ । हिजोका ती तिता अतीतलाई अहिले रङ्गकर्मीले बिर्सिसकेका छन् ।
मुक्तक
धागै चुँडी गयो आज थुँगा–थुँगा गाँसु भन्दा अझै आँसु थपिदियौ पीडा छोपी हाँसु भन्दा, यस्तै रै’छ जिन्दगानी हाँसो भन्दा आँसु धेरै पराई भयौ तिम्रो माया मुटुभरी साँचु भन्दा ।
जिन्दगीको यात्रा (कविता)
प्रत्येक दिन एक एक, खुड्किलो चढ्दै जिन्दगीको कहिले हतारै हतारमा कहिले अल्छी हुँदै फुर्सदिलो जस्तै ।
मिस नेवा नेपाःका लागि आवेदन खुला
मिस नेवा नेपाः ११४३ प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका १६–२३ वर्षका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने जनाएको छ । नेपाललाई विश्वमाझ नेवार भाषा, कला, संस्कृतिले चिनाएको जनाउँदै आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले आधुनिकीकरणको युगमा नेवार कला, संस्कार, संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्नु आवश्यकता रहेको बताउँदै भन्नुभयो, “यसका लागि हाम्रो प्रयास हो मिस नेवा ।”
शिशिर ऋतु
डाँडा पाखा चउर सबमा छैन शोभा र कान्ति नाङ्गो, फुस्रो, मलिन छ धरा छैन आभा र दीप्ति ।
ढुङ्गा
मलाई ढुङ्गालाई बेस्मारी गाली गर्नु मन परेको छ ।
‘सत्ताको मान्छे’माथि अन्तर्क्रिया
नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएका वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको परिचय यति बेला साहित्यकारका रूपमा पनि थपिएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका पत्रकार थपलिया ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहमार्फत नेपाली साहित्य आकाशमा जोडिनुभएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपालले सोमबार आयोजना गरेको ‘वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कृति ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहमाथिको अन्तक्र्रियामा सहभागी अधिकांश वक्ताले पत्रकार थपलियाको कृतिमाथि चर्चा गर्दै उहाँलाई थप साहित्यिक रचनाका लागि सुझाव पनि दिएका छन् ।
ललितपुरमा एकल घोडेजात्रा
घोडेजात्रा पर्व मनाइने क्रममा काठमाडौँको टुँडिखेलमा दर्जनौँ घोडा दौडिरहेका बेला ललितपुरमा भने एउटा मात्र घोडा दौडिरहेको थियो । टुँडिखेलमा जस्तो उच्च पदस्थ अधिकारी र युद्ध कलामा खारिएका नेपाली सेना ललितपुरमा थिएनन् न त दर्शकको उल्लेख्य भीड नै थियो । जति चासो र चर्चा टुँडिखेलमा हरेक वर्ष मनाइने घोडेजात्राको हुन्छ, त्यति नै चर्चा मल्लकालदेखि चल्दै आएको ललितपुरको घोडेजात्राको हुँदैन । ललितपुरवासीले आफ्नो परम्परालाई जोगाउँदै ललितपुरमा हरेक वर्ष एकल घोडेजात्रा पर्व मनाउँदै आएका छन् ।
भारतीय प्रतिष्ठित अवार्डमा नेपाली नाटक
नेपाली रङ्गकर्मी विमल सुवेदीले निर्देशन गर्नुभएको नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित ‘महेन्द्र एक्सेलेन्सी थिएटर अवार्ड’ को चार विधामा मनोनयनमा परेको छ।
गोरखापत्रकर्मी दर्नालको ‘दलितको राजनीतिक प्रतिनिधित्व’ पुस्तक सार्वजनिक
गोरखापत्रकर्मी लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७/२०७९’ पुस्तक सार्वजनिक भएको छ।
गजल
जिन्दगीमा निराशाको हाबी भयो प्रिया त्यो मायामा फेरि कसको दाबी भयो प्रिया ।
गाउँको गरिमा
भनिन्छ आफूलाई जन्म दिने आमा र आफू जन्मेको धरती नै संसारमा सबैभन्दा प्रिय हुन्छन् । हिउँदमा हिउँ परेर धेरै चिसो हुने, जाडाले मुटु नै कमाउने, पानी छुन
सार्कस्तरीय बालसाहित्य तदर्थ समिति गठन
सार्कस्तरीय बालसाहित्य तदर्थ समिति गठन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल–साहित्यकारको एकता, सहकार्य र सार्कस्तरीय बालसाहित्य संस्था बनाउने उद्देश्यले शनिबार तदर्थ समिति गठन गरिएको हो ।
नेवार समुदायमा मनाइने चाड पाहाँचह्रे
काठमाडौँ उपत्यका जात्रा र पर्वले धनी मानिन्छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकावासीले पाहाँचह्रे मनाउने गर्छन् । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको क्यालेन्डरअनुसार चौधौँ दिनलाई भनिन्छ ।
भौतिक सुखको खोजीमाथि नाटकीय चिन्तन
सामाजिक मुद्दालाई भव्य क्यानभास र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाउनुभएका रङ्गकर्मी अनुप बराल चार वर्षपछि नयाँ नाटक लिएर मञ्चमा प्रस्तुत हुँदै हुनुहुन्छ । चार वर्षअघि मण्डला थिएटरमा ‘महाभोज’ निर्देशन गर्नुभएका बरालले वर्तमान समयमा चलिरहेको आर्थिक सङ्कटको दुरुस्त चित्र प्रस्तुत गर्ने गरी ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक तयार गर्नुभएको छ । मण्डला थिएटरमा चैत १० बाट मञ्चन हुने तयारीमा रहेको नाटकको अहिले ‘रिहर्सल’ भइरहेको छ ।
कलाकार रागिनीकाे ४५ वर्षे कला प्रदर्शनीमा
कलाकार रागिनी उपाध्यायले आफ्नो कला–अध्ययन, सिकाइ र व्यावसायिक कार्यकौशलको ४५ वर्षे अवधिमा सिर्जना गरिएका चित्रकलाको प्रतिनिधिमूलक प्रदर्शनीमा राख्नुभएको छ ।
टीकापुर साहित्य महोत्सव हुँदै
कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ । यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो । महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ ।
बेलायती सांसद र नेपाली विद्यार्थीबीच अन्तर्क्रिया
नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका सांसद वीरेन्द्रकुमार शर्माले हिजो राजधानीमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभएको छ ।
कलाकार दुर्गा बरालको पोखरामा नागरिक अभिनन्दन
कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ।
कला र सङ्गीतको विकासमा सहकार्य आवश्यक छ
नेपाली नाटक क्षेत्रमा चार दशक लामो अनुभव सँगाल्नुभएका कलाकार निशा शर्माले भर्खरै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिको जिम्मेवारी पाउनुभएको छ।
कलाकार दम्पतीको चित्रकला प्रदर्शनी
कलाकार दम्पती ईशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।
समका दुःखान्त नाटकमा द्वन्द्वविधान
महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट्् बालकृष्ण समलाई नेपाली साहित्यमा ‘त्रिमूर्ति’का रूपमा सम्मान प्रकट गरिँदै आएको छ । यद्यपि, देवकोटालाई महाकवि र समलाई नाट्यसम्राट्को उपाधि जनबोलीले मात्रै दिएको हो । पौड्याललाई चाहिँ सरकारद्वारा नै ‘कविशिरोमणि’को उपाधि प्रदान गरिएको थियो । उहाँहरूका कृतिमाथि अनेक कोणबाट अनुसन्धान एवं चर्चा–परिचर्चा भएका छन् । यसै सेरोफेरोमा प्रा.डा. कुमारप्रसाद कोइरालाद्वारा लिखित ‘समका दुःखान्त नाटकमा द्वन्द्वविधान’ शीर्षकमा भर्खरै अनुसन्धानमूलक कृति प्रकाशित भएको छ । कोइरालाले वि.सं. २०६५ मा पूरा गरेको आफ्नो विद्यावारिधिको शोधलाई सङ्क्षेपीकृतसहित परिमार्जन गरेर कृतिका रूपमा सार्वजनिक गर्नुभएको हो ।
नियात्रा : अग्लियो चुलाचुली
“हाउ, धान पो काट्नु थियो मेरो त दाजु !” भाइ कान्छाले यसै भने । उनका कुरा ठीकै थिए । तर यै समयको मेलो मिलाएर चुलाचुलीको फेदी आइपुगेथेँ म । दमकको तातो घामसँगै धान खुर्रिन थालेको थियो । हप्ता दिनभित्रै नकाटे बाला झर्ने तम्तयारीमा थिए– धानका । “भोलिलाई चैँ मैले एक दिन मागेँ । जाम्–जाम् भाइ । मास्तिर
अधुरै रहेको गणेशको त्यो चित्र
भित्र कोठामा आफ्ना बुवाका प्रिय वस्तुहरूलाई संरक्षण गरेर राखिएको हेर्दा कुनै जुहारीले हीराका टुक्राहरूको चमकलाई जोगाउन संरक्षण गरेको होजस्तो लाग्छ । भित्र पस्नेबित्तिकै दाहिने छेउमा टेबुल छ । टेबुलमा ऐना छ । ऐनाको छेउमा स्केच गर्ने केही कागजका टुक्रा छन् । दक्षिणपूर्व कुनामा आधा बनेको गणेशको चित्र छ । त्यसको छेउमा रङका प्यालेट र ब्रसहरू छन् ।