आर्थिक वर्ष २०७७/७८ मा बालबालिका जन्मिएदेखि १५ महिनासम्म लगाईन ४८ लाख भन्दा बढी खोप खेर गएको छ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७७/७८ मा ४८ लाख ३७६ मात्रा खोप खेर गएको देखाएको छ ।
काठमाडाैँ महानगरपालिकाले कोटेश्वरस्थित दीपनगर टोलका चार सय घर परिवारलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी गराइएको छ ।
रमेश विश्वकर्मागुल्मी, साउन १ गते । गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा आएको हो । केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका शहरमा विक्री गरेको तर अहिले उत्पादनमा कमी आउँदा यहाँका कृषकहरु निकै मर्कामा परेका छन् । लिचीको उत्पादनमा कमी, फल नलाग्ने र लागेको फलमा कीरा लाग्ने कृषकहरुले करोडौंको नोक्सानमा आफूहरु परेको बताउँछन् । विगत तीन वर्ष अगाडि झण्डै एक करोड बढीको लिची विक्री गर्ने र लिची गाउँ भनेर सबैले चिन्ने गरेको अहिले लिची बजारका कृषकहरु लिचीको पुरानो अवस्था सम्झिन बाध्य भएको बताउँछन् । लिचीको उत्पादनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका कृषकहरु अझ बढी मारमा परेका छन् । “हाम्रो गाउँ पहिले लिची बजारको रुपमा परिचित थियो ।” कृषक तारानाथ ज्ञवालीले भन्नुभयो, “विगत तीन वर्षदेखि लिची उत्पादन निरन्तर घटेपछि हामी चिन्तित बनेका छौँ ।” रुरुक्षेत्रको च्यूरेक, थोर्गा र थानपति लिचीका लागि प्रसिद्ध ठाउँ भएको उहाँले बताउनुभयो । “जलवायू परिवर्तनको असर लिचीमा परेको छ ।” अर्का कृषक राधिका ज्ञवालीले भन्नुभयो, “लिचीलाई आवश्यक पर्दा समयमा पानी परेन । लिचीमा दाना लाग्दा पानी परेपछि उत्पादन भएको र कीराको प्रकोप देखियो ।” “यहाँ कृषि ज्ञान केन्द्र गुल्मीमार्फत् लिची पकेट क्षेत्रको रुपमा घोषणा भयो । तर घोषणामा मात्र सीमित भयो ।” कृषक युवराज ज्ञवालीले भन्नुभयो, “नामको मात्रै पकेट क्षेत्र भनेर कृषकलाई कुनै राहतको कार्यक्रममा सहभागी नगराएको उहाँको गुनासो रहेको छ ।” कृषि उपजहरु उत्पादनको क्रममा कृषकले ठूलो क्षति बेहोर्नुपर्ने, उत्पादन भएको उपजलाई बजारीकरणमा समस्या र कृषकले उपयुक्त मूल्य नपाउने अवस्थामा कृषकलाई अनुदानले काम नगर्ने कृषक रीता भट्टराईले बताउनुभयो । व्यवसायिक कृषकहरुलाई अनुगमनको आवश्यकता रहेको उहाँले बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषकको माग र आवश्यकताका आधारमा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले लिचीलाई पुनः मुख्य आम्दानीको स्रोत बनाएर कृषकलाई राहत दिलाउने बताउनुभयो । कृषि ज्ञान केन्द्र, गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले हामीलाई यस्तो समस्या भयो भनेर त्यहाँका कृषकहरुले अहिलेसम्म कार्यालयमा आएर नभनेको बताउनुभयो । उहाँले कृषकले आफ्नो समस्या बताएमा जतिबेला पनि समस्या भएको क्षेत्रमा पुगेर समस्या समाधान गर्ने बताउनुभयो । कृषक स्वयम् सचेत हुनुपर्ने भन्नुहुँदै उहाँले भन्नुभयो, “कृषक नै सचेत नभएसम्म कृषि राम्रो हुन सक्दैन । हामीले कार्यालयबाट सबैतिर सूचना प्रवाह गर्दा पनि हामीलाई यस्तो समस्या आयो भनेर नआएपछि हामीले के गर्ने ? ” आफ्नो समस्या सम्बन्धित ठाउँ कृषि ज्ञान केन्द्रलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
आदिकवि भानुभक्त आचार्यको २०९ औँ भानुजयन्तीको तथा गुरुपूर्णिमाको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा सगुन तिमिल्सिना प्रथम हुनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले काठमाडौं महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरुलाई सम्मान गर्नुभएको छ ।
एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ ।
लामो समयदेखि केवल चर्चामा सीमित बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको छुट्टै बैठक काठमाडौंमा शुरू भएकाे छ । बैठकमा पार्टीको कमिकमजोरी र के–के त्रुटी भए भन्ने सम्बन्धमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
नेकपा (एमाले)को भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
ओखलढुङ्गामा बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रधानाध्यापकसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बालिकालाई बलात्कार गरेको एक प्रधानाध्यापक सहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
तमोर खोलामा हाम फालेर धनकुटा नगरपालिका वडा नम्वर ९ बस्ने एक महिला बेपत्ता भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले साउन लगत्तै विकास निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने बताउनुभएको छ ।
जेसिबीले पल्टाएको ढुङ्गाले लागेका मृतक गगन रायमाझीका बुबा हरिबहादुर रायमाझीलाई निर्माण व्यवसायीका प्रतिनिधि डोलबहादुर कुँवरले पाँच लाख रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।
गणपूरक सङ्ख्या नपुगेपछि आज मध्याह्न १२ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । ५१ जना प्रदेश सभा सदस्य रहेकोमा जम्मा नौ जना प्रदेश सभा सदस्य मात्रै उपस्थिति भएको थियो ।
तानसेन नगरपालिकाले पहिलो पटक विद्युतीय भुक्तानी सुरु गरेको छ । सेवाग्राहीको सहजताका लागि नगरपालिकाले जिल्लामै पहिलो पटक विद्युतीय भुक्तानी सुरुवात गरेको हो ।