गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुंगा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो ।
दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
उत्तरी चीन सीमा जोड्ने २६ किलोमिटर बाह्रबिसे–चीन सीमा सडक बिग्रेको छ । वर्षा, बाढी पहिरोको कारण सो सडकको अवस्था नाजुक बनिरहेको छ ।
कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो ।
शुन्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । सोमबार गुल्मी जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’ सार्वजनिक भएको छ । यस सङ्ग्रहमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत रहेको छ ।
विराटनगर महानगरपालिकाले करको दायरामा हेरफेर गरेको छ । सामाजिक कार्यहरुमा कर घटाइए पनि निर्माण र मदिरा व्यवसायलगायतमा कर बढाएको छ ।
वैधानिक र औपचारिक रुपमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन हुन मात्र बाँकी छ । राजनीतिक रुपमा जसपा पार्टी दुई टुक्रामा विभाजित भइसकेको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ राजपुरका राम कुवेर यादवले ४ कट्ठा जग्गामा धानको ब्याड लगाउनुभएको थियो ।
पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँँका कृषक लाभान्वित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।
सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको बताइएको छ । मार्तडी कोल्टी सडक कोल्टी हुँदै हिमाली गाउँपालिकासम्मको सो सडक स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा स्तरोन्नतिका लागि धमाधम काम सुरु गरिँदैछ ।
ग्रुप अफ २० 'जि २०' का आर्थिक नेताहरुले हाल विश्वमा निकै समस्याका रुपमा देखा परिरहेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् ।
भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।
श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्क्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन् ।
कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् ।वर्तमान सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेको थियो ।