दिया पुनको हिमाल चढ्ने रहर सन् २०१८ बाट शुरु भएको हाे । सानैदेखि पासाङ लाम्हु शेर्पाको कथा सुन्दै हुर्किनुभएका उहाँको हिमालसँग छुट्टै लगाव थियो । र, यस बाहेक बेलायतमा हुर्के बढ्ने क्रममा जो कोहीको प्रश्न सगरमाथा किन नचढेको ? भन्ने हुन्थ्यो । चढेको छैन, भन्दा त्यहाँका मानिसहरु अच्चम पर्थे ।
काठमाडौंको कङ्केश्वरी (कंगः अजिमा)स्थित कगं अजिमा तःगुठी भवन निर्माण हुने भएको छ । शनिबार यहाँस्थित काठमाडौं महानगरपालिकाका निर्वतमान प्रमुख विद्यासुन्दर शाक्यले भवन निर्माण गर्नुपूर्व गरिएको क्षमा पुजामा भाग लिनुभयो ।
झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गनै थालेको पाईएको छ ।
चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पुरानो ढुङ्गेधारा उत्खनन गर्नुपर्ने माग सम्पदा अभियन्ताहरूले राखेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अझै पूर्णरुपमा युक्रेनमा सैन्य कारबाही नगरेको र गर्नै परेको खण्डमा अझ विषम परिस्थिति सिर्जना हुने चेतावनी दिनुभएको छ ।
विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।
माथिल्लो मुगु (कार्मारोङ) जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकामा रहेका गुम्बाहरु भग्नावशेषमा परिणत भएका छन् । ती गुम्बाहरु १५ औं शताब्दीमा निर्माण भएको बताइएको छ । त्यहाँ मौलिक ऐतिहासिक सम्पदाका चित्रहरु रहेका छन् ।
स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले दरौखोलामा विभिन्न जातका १० हजार माछाका भुरा छाडेको छ । मत्य विकास केन्द्र, मिर्मीको सहयोगमा अर्जुन चौपारीले रहु तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलामा छाडेको हो ।
प्रवासी नेपालीको साझा सङ्गठन गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौँ साधारणसभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम अन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालय पहुँच भएको छ ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पछाडिबाट गोली प्रहार हुँदा घाइते हुनुभएकाे छ। बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री अबेको छातीमा गोली प्रहार भएपछि कार्डियाेपुलमाेनरीघात भएकाे छ ।
दुई पालिका जोड्ने पुल बनेपछि यहाँका बासिन्दाको दुई दशकदेखिको चाहना पूरा भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल बनेपछि स्थानीय बासिन्दाको दुई दशकदेखिको पुल बनाएर यात्रा गर्ने चाहना पूरा भएको हो ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र जान दुई जिल्ला पार गरेर जानुपर्ने बाध्यता भोग्न यहाँका नागरिकहरु अहिलेसम्म बाध्य छन् ।