नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेट भएको छ ।
तनहुँ प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । घिरिङ गाउँपालिका– ५ मोचाबारी बस्ने ४० को मानबहादुर थापाले साथमा भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ बल्दे बस्ती बूढीगङ्गा नदी कटानको उच्च जोखिममा रहेको छ । सो वस्तीको माथिबाट पहिरो आउने र तलबाट बूढीगङ्गा नदीले काट्ने गरेपछि त्यो वस्ती अहिले निकै जोखिममा रहेको हो ।
सोलुखुम्बुलाई ५८ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहको ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि घोषणा गरिएको हो ।
छतबाट पानी चुहिन थालेपछि लुम्बिनीस्थित मायादेवी मन्दिर मर्मत तथा संरक्षणको काम अघि बढाइने भएको छ । लुम्बिनी विकास कोष, पुरातत्व विभाग, विश्व सम्पदा शाखाका पदाधिकारी एवं प्राविधिकसहितको टोलीले संरक्षणको काम कसरी गर्ने भन्नेबारेमा स्थलगत अनुगमन समेत गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले केही दिनमै प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।
तनहुँको एक गाउँपालिकाले अशक्त सासु र ससुरालाई राम्रोसँग हेरचाह गर्ने १६ जना बुहारीलाई सम्मान गरेको छ । असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत ऋषिङ गाउँपालिकाले सम्मान गरेको हो ।
किशोरीलाई महिनावारी हुँदा सरकारी सबै कार्यालयहरु र सार्वजनिक स्थानहरुमा समस्या आउने गरेको भन्दै निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गर्न माग गरिएका छन् ।
पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नाइराेबी फ्लाइको सङ्क्रमणले छालामा देखिएको विषय निकै भाइरल भइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महाशाखासँग एकिन तथ्याङ नभए पनि तराईका विभिन्न जिल्लामा नाइबेरी फ्लाईको सङ्क्रमणले गर्दा छालासम्बन्धी रोग लिएर अस्पताल जाने बिरामीको सङ्ख्या बढ्दै छ ।
सन् १९४८ को स्वतन्त्र दिवसको कुनै मतलब छैन, यो देशमा जन्मेपछि मेरो लागि आजको दिन (जुलाई ९) स्वतन्त्रता दिवस हो, किनभने आज हाम्रो देशलाई शून्यमा अवतरण गराएका लोभीपापी निरंकुश तानाशाही राजनीतिज्ञको हातबाट हामीले छुट्कारा पाएका छौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली, सार्वभौम भई फैलिएका, मेची महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरूका रगतले, स्वतन्त्र र अटल । ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको बिन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
पछिल्लो केही दिनदेखि नेपालमा ‘नाइरोबी फ्लाई’ कीराको टोकाइबाट गम्भीर छालाको समस्या भएको सूचना सार्वजनिक भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा अहिलेसम्म यस कीराबाट निस्केको सङ्क्रमणले अहिलेसम्म पाँचजना बिरामी अस्पताल पुगेको विवरण प्राप्त भएका छन् ।