असार २३ गते हुने बूढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले निर्वाचन सामाग्री रुजु गर्दै मतदानस्थलमा पठाएको छ ।
अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएकाे स्मरणमा आयोजित परेड शुरू भएकाे २० मिनेटपछि गाेलीकाण्ड भएकाे हाे ।
शान्ति, सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेन बजारका छ स्थानमा निषेधाज्ञा जारी गरेको छ । मंगलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बङ्गलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।
लुम्बिनी प्रदेश सरकारले शुरु गरेको ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत बाँकेमा पनि सडकको किनार र डिभाइडरमा वृक्षारोपण गर्ने कार्य शुरु गरिएको छ ।
जिल्लाका दुई पालिकाले फोहोर व्यवस्थापनमा नयाँ अभ्यासको सुरु गरेका छन् । घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट बायो ग्यास र जैविक मल उत्पादन सुरु गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले जैविक मल उत्पादनका लागि परीक्षणमा रहेको छ ।
सिराहा र सप्तरी जिल्लाको सीमाना रहेको बलान नदीले पश्चिम किनारा लाहान नगरपालिका–२३ कडरिया र तिलेवोनामा तीव्र रुपमा कटान गरिरहेको छ ।
रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एउटै मोटरसाइकलमा सवार भारतको सिद्धार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदी हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी गराउनुभयो ।
करेन्ट लागेर बारामा एक जना बच्चाको ज्यान गएको छ । ज्यान जानेमा परवानीपुर गाउँपालिका वडा नम्बर–५ बहुअरी निवासी उपेन्द्र प्रसाद पटेलको ११ वर्र्षीय छोरा प्रिन्स पटेलको ज्यान गएको हो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष पनि कर्णालीका वडा–वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू गर्ने भएको छ । चालू आर्थिक वर्षमा कर्णालीका ७१८ वटै वडामा उक्त कार्यक्रम लागू गरेको सरकारले आगामी आव पनि कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ।
तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना भारतीय नागरिकमध्ये एक जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । आइतबार दिउँसो ३ बजेतिर भारतबाट पाल्पाको तिनाउ–२, स्थित शिद्धबावा मन्दिरमा दर्शनका लागि आएका दुई जना भारतीय युवा पौडी खेल्ने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्रीहरु फिर्ता बोलाएको छ । साथै, नयाँ तीन मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् । देशका सबै सरकारी विद्यालय एउटै वर्गमा पर्दैनन् भन्ने तथ्यको पुष्टि शिक्षकहरु गर्न सक्दैनन् । त्यसैले उनीहरु यो मारमा परेका छन् ।