• १८ असार २०८१, मङ्गलबार

बलान नदीकाे कटानले स्थानीय त्रसित

blog

बलान नदीले लहान–२३ तिलेबोना कडरियामा तीव्र रुपमा कटान, तस्बिरः जीबछ यादव

जीबछ यादव  

लाहान, असार २० गते । सिराहा र सप्तरी जिल्लाको सीमाना रहेको बलान नदीले पश्चिम किनारा लाहान नगरपालिका–२३ कडरिया र तिलेवोनामा तीव्र रुपमा कटान गरिरहेको छ । २० मिटर अझै कटान ग¥यो भने दक्षिणतर्फ बगिरहेको नदी पश्चिमतर्फ बग्न थाल्ने हो कि भन्ने भयले स्थानीयहरु त्रसित छन् । 

सुख्खा समयमा समेत कटान गरिरहेको बलान नदी वर्षाको समयमा झन् तीव्र रुपमा कटान गर्न थालेपछि तिलोबोना, पोर्ताहा र सिमराहा गाउँका स्थानीयहरु निकै त्रसित भएको स्थानीय मुशहरु यादवले बताउनुभयो । 

तीन दशक अगाडि पाँच सय मिटर पूर्वतर्फबाट बगिरहेको नदी केही वर्षयता पश्चिमतर्फ कटान तीव्र रुपमा गरिरहेको कटानबाट तिलोबोनाका कृषकहरुको मात्रै २२ बिघा जग्गाभन्दा बढी कटान गरिसकेको छ । केही मिटर कटान गरेपछि नदीको बहाब पश्चिमतर्फ हुने सङ्केत देखिएपछि अहिले सिमराहा, पोर्ताहा तिलोबोना गाउँका स्थानीयहरु हारगुहार गर्ने अवस्थामा पुगेको अर्का स्थानीय अशेश्वर यादवले बताउनुभयो । 

‘प्रत्येक वर्ष वर्षाको समयमा प्रदेशका मन्त्री, नगरपालिकाका नगरप्रमुखलगायत उच्चस्तरका सरकारी निकायका प्रमुखहरु अनुगमन गर्न आउनुहुन्छ, तर सुख्खा समयमा कटान नियन्त्रणको लागि खासै कुनै कार्य हुँदैन । उर्वरभूमि त काटेर लग्यो, लग्यो अब बस्ती पनि बगाउने हो कि भने भयले त्रसित भएका छाैं, स्थानीयहरुले पीडा पोख्नुभएको छ । 

बलान नदीको कटानले लहान नगरपालिकाको वडा नम्बर ३, १७, १९ र २३ नम्बरमा कटान भइरहेको नगरप्रमुख महेशप्रसाद चौधरीले लहान–२३ कडरिया तिलेबोनामा भइरहेको कटान रोक्न तत्कालै १५ लाख निकासा गरेर समितिमार्फत काम गराउन तयारी भइरहेको बताउनुभयो । लाहान नगरपालिकाको बजेटले मात्रै बलान नदी कटान नियन्त्रण सम्भव नदेखिएकाले सङ्घ र प्रदेश सरकारबाट आवश्यक बजेटको लागि पहल थालिसकेको उहाँले विश्वास दिलाउनुभयो । 

बलान नदीले सिराहातर्फको लाहान नगरपालिका, सखुवानन्कारकटि ४ र ५ नम्बर वडा र भगवानपुर गाउँपालिका एक हजारभन्दा बढी कृषकको उर्वरभूमि कटान गरेर सयाैं किसानलाई सुकम्बासी बनाएको छ । बलान नदी कटान कार्यलाई रोक्न ठोस पहल हुनुपर्ने भगवानपुर,  सखुवानन्कारकटि गाउँपालिका र लाहान नगरपालिका मिलेर सङ्घ र प्रदेश सरकारसँग संयुक्त रुपमा पहल थाल्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले बताउनुभयो ।