• १८ असार २०८१, मङ्गलबार

बारामा करेन्ट लागेर एक जना बच्चाको मृत्यु

blog

शिवशंङ्कर मिश्र 

बारा, असार २० गते । करेन्ट लागेर बारामा एक जना बच्चाको ज्यान गएको छ । ज्यान जानेमा परवानीपुर गाउँपालिका वडा नम्बर–५ बहुअरी निवासी उपेन्द्रप्रसाद पटेलको ११ वर्षीय छोरा प्रिन्स पटेलको ज्यान गएको हो ।

सोमबार बिहान साढे नौ बजे घरमा जडान भएको विद्युतीय मोटरको धारा चलाउने क्रममा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका प्रिन्सको नारायणी वयोधा अस्पताल, वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृतक प्रिन्सको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र यस विषयमा अनुसन्धान सुरु गरिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

विगत १२ महिनाको अन्तरालमा बारा जिल्लामा यो घटना गरी आठ जनाले करेन्ट लागेर ज्यान गुमाएका छन् ।