५ देखि ११ वर्षसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ।
चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्।
उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।
स्मृति मिश्र महेन्द्रनगर, असार १९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंकमा शनिबार राति चोरी भएको छ । बैंकको पछाडि रहेको झ्याल फोडेर चोरी गरिएको शाखा प्रमुख रोशन रायले बताउनुभएको छ । बैंक म्यानेजर रायका अनुसार आज बिहान बैंकको ब्रान्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले आइतबार बिहान थाहा पाएपछि आफूलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । ‘चोरी घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएको छ । बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र बैंकको भित्र लकर तोड्न प्रयास गरिएको छ ।’ शाखा प्रमुख रायले जानकारी दिनुभयो । बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।
भारतको पूर्वाेत्तर राज्य मणिपुरमा पहिरोमा परेर अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । मणिपुरको नोने जिल्लामा चारदिन अघि निर्माणाधीन रेलवेमा पहिरो गएकाे हाे । हराएका मध्ये १३ जनाको शव तीनदिनपछि शनिबार निकालिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा नगपालिका ७ का एक महिलालाई घर निकाला गरिएकोमा महिना दिनपछि घरमा पुनःस्थापित गराइएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १८५ जना विरामीलाई फलफूल वितरण गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मदिवसको अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ती विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने वातावरण नेपालमा बन्दै गरेकाे बताउनुभएकाे छ ।
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ ।
“चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” मूल नाराका साथ चुरे संरक्षण अभियान अन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनुभएको छ ।
बागलुङ नगरपालिका बागलुङले १० औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता जितेको छ । बागलुङका १० स्थानिय तह मध्य ८ पालिकाले खेलाडी पढाएका थिए ।