सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को बिहीबार जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिइरहनुभएको छ । बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले सुझाव एवम् जिज्ञासा राख्नुभएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० शैयाको अस्पतालको सङ्गठन संरचना मस्यौदा तयार पारेको छ । मन्त्रालयले तयार गरेको मस्यौदामा इमेलमार्फत राय सुझाव दिन सरोकारवाला तथा सर्वसाधारण समक्ष अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङ र राज्यमन्त्री केसीको उपस्थितिमा कार्यविभाजन भएको हो ।
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा न. ७, ८ र ९ मा हावाहुरीले मकैबाली ढालेको छ । गएराति चलेको ठूलो हावाहुरीका कारण किसानले लगाएको मकैबारी पुरै ढालेर सोतर बनाएको छ । समयमा पानी नपर्दा बाली लाउन नपाएर छट्पटिरहेका किसानका लागि फेरि अर्को बर्जपात आइलागेको छ ।
कञ्चनपुरका सुवर्णराज पुरी राहदानीका लागि त्रिपुरेश्वरस्थित राहदानी विभाग धाउन थालेको छ महिना बित्यो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सिफारिसमा उहाँ पुसदेखि विभाग धाउन थाल्नुभएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका किसान रामपुकार यादवले ढैंचा मलको प्रयोग गरेर धान रोपाइँ शुरु गर्नुभएको छ । उहाँ रासायनिक मलको विकल्पमा विगत तीन वर्षदेखि ढैंचा नामक बिरुवा उमारेर मलको रुपमा प्रयोग गरी धान र गहुँलगायत अन्नबाली उत्पादन गर्दै आउनुभएको छ ।
पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।
जिल्लाको पूर्वी भेगस्थित निस्दी–६, अर्चलेमा पहिलो पटक बिजुली बत्ती बलेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि अर्चलेको रनगुवा गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको हो ।
रैनादेवी छहरा–३, छचुवाका एक बालकको रिडी नदीमा डुबेर मृत्यु भएको छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर रैनादेवी छहरा–३, बस्ने पूर्णबहादुर कुमालको तीन वर्षका छोरा मानिस कुमालको नदीमा डुबेर सोमबार बेलुका मृत्यु भएको हो ।
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
असार २३ गते हुने बूढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले निर्वाचन सामाग्री रुजु गर्दै मतदानस्थलमा पठाएको छ ।
अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएकाे स्मरणमा आयोजित परेड शुरू भएकाे २० मिनेटपछि गाेलीकाण्ड भएकाे हाे ।
शान्ति, सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेन बजारका छ स्थानमा निषेधाज्ञा जारी गरेको छ । मंगलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बङ्गलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।