अध्ययनको लागि भारतमा गएका एक नेपाली विद्यार्थी एक साता देखि हराईरहेकोले खोजी गरिदिन परिवारले अनुरोध गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख दुई पार्टी नेकपा (एमाले) र नेपाली काँग्रेसका उम्मेदवारले नगर प्रमुखको निर्वाचन जित्ने दाबी गरेका छन् ।
सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डीपी खनालको आवाज सुन्न सकिन्छ । रोमान्टिक भर्सनको गीतलाई शङ्कर थापा ‘स्माइल’ले सङ्गीत दिनुभएको छ ।
गुल्मी प्रहरीले ३७ वटा हतियार संकलन गरेको छ । गाउँगाउँमा रहेका हतियार बुझाउन जिल्ला प्रसासन कार्यालय गुल्मीले चैत मसान्तसम्म समयवधि तोकेपनि अटेर गरेपछि गाउँमै पुगेर हतियार संकलन गरेको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली राजनीतिको मुख्य केन्द्र नेपाल कम्युुनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेस मात्रै रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अब सहायक शक्ति भएको उहाँले दाबी गर्नुभयो ।
सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । निवेदकले उठाएका विषयवस्तुबारे अन्तिम सुनुवाइबाटै निरूपण गर्नु उचित हुने भन्दै अदालतले जेठ १७ गतेबाट अन्तिम सुनुवाइको मितिसमेत तोकेको छ ।
गुल्मीमा बदरमत कम गर्ने लक्ष्यले सम्पन्न गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ ।
पाल्पामा उम्मेदवार तथा दलका कार्यकर्ता मतदाता शिक्षासहित घरदैलो अभियानमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा सचेतना सञ्चालन नगरेपछि मत बदर हुने आशङ्काले विभिन्न दलका उम्मेदवार तथा कार्यकर्ता मतदाता शिक्षासहित भोट माग्न व्यस्त बनेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा स्थानीय नेता तथा कार्यकर्ताले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । अहिले धरानका विभिन्न वडामा मेयर र उपमेयरको उम्मेदवारसहित वडाध्यक्षको उम्मेदवार र सदस्य घरदैलोमा व्यस्त छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट मुड्केचुला गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सविता रोकाया कोक्रोमा दूधेबालक बोकेर घरदैलोमा हुनुहुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाटै गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएको थियो ।
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि मुख्य तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी र पत्रकार गिरीश गिरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्कालीन एमाले नेतृत्व सरकारमा भएका उत्कृष्ट कार्यको अपनत्व आफूले पाउनुपर्ने बताउनुभएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार २७ वर्षीय मीना विश्वकर्मा दूधेबच्चा पिठ्युँमा बोकेर घरदैलोमा हुनुहुन्छ ।गरिब तथा विपन्न परिवारकी मीनालाई चुनाव लड्न आर्थिक र पारिवारिक रूपमा सहज थिएन । उ
दाङमा तीन वर्षको अवधिमा सङ्घीय सरकारको बजेटमा ४८ किलोमिटर सडक निर्माण भएको छ । जिल्लामा सघन सहरी तथा भवन निर्माण आयोजनाले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको हो । आयोजना सुरु भएदेखि हालसम्म ठूला आयोजनामार्फत सडक निर्माण गरेको र साना काम पनि भइराखेको आयोजनाले जनाएको छ । यसमध्ये ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर अन्तिम तयारीमा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिनुभएको छ ।