खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ । २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो ।
नेपालका केही भूभागमा बर्डफ्लु रोग लागेकाले जिल्लामा उक्त रोग सर्न नदिनका लागि आवश्यक सतर्कता अपनाइने भएको छ । जिल्लास्थित विभिन्न सरोकारवालाहरूको बैठक बसेर बर्डफ्लू रोग लाग्न नदिन सरोकारवाला पक्षबाट सतर्कता र आवश्यक तयारी गर्ने निर्णय गरिएको हो ।
साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।
काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको संख्या १२ पुगेको छ । काठमाडौं उपत्यकामा हैजा देखिएसँगै ललितपुर महानगरपालिकाले हैजा फैलिन नदिन पानीपुरी विक्री वितरणमा रोक लगाएको छ । जिल्ला जनस्वास्थ्य काठमाडौँले हैजा देखिएपछि हैजा रोकथाम तथा नियन्त्रणका लागि छानविन समिति गठन गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले १० वर्षे ९२०२१–२०३०० एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्दै व्यावसायिक र कृषि पेशामा कटिबद्ध भएर लाग्नको लागि सम्मान गरेको छ । कृषि शाखाको आयोजनामा आ.व.०७८/७९ को नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका उत्कृष्ट बीस जना कृषकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
दुई वर्षपछि विधायिकी प्रक्रिया पुनः प्रारम्भ गर्दा संसद्मा भने प्रस्ताव निर्णयार्थ पेसका लागि आवश्यक न्यूनतम सङ्ख्या नै अभाव भएको छ । २०७७ असार १५ पछि ठप्प कानुन निर्माण प्रक्रियामा प्रतिनिधि सभामा सरकारले प्रस्ताव अघि बढाउन नसक्ने अवस्था सिर्जना भएको हो ।
हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको ठर गरेर नेपाली कांग्रेस बाँकेले १०४ जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको बैठकले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो ।
राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रात्रिक्लबमा आइतबार कम्तीमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।
सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।
ड्रागन फ्रुटको व्यावसायिक खेती गर्दै आइरहनुभएका धनुषाका दुई युवा ड्रागन फ्रुटको बिरुवा उत्पादन मनग्य आम्दानी लिइरहनुभएको छ ।
पाल्पामा एकै महिनामा ट्राफिक नियम उल्लङ्घन गरेका एक हजार नौ सय बढी सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, दुर्घटना गर्ने गरी सवारी साधन हाकेका, ओभरलोड बोक्ने, स्वरुप बिगारेर चलाउने सवारीसाधन गरी झण्डै दुई हजार सवारीसाधन कारवाहीमा परेका हुन् ।