गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लाग्नुभएको बताइएको छ ।इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उहाँ अर्को हप्ता इरान र साउदी अरेबिया जान लाग्नुभएको सो समाचारमा जनाइएको छ । उहाँले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नुहुने भएको सो समाचार समितिले जनाएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो । यस्तै प्रतियोगितामा फुङ्लिङ नगरपालिका–६ का नवराज आचार्य द्वितीय र फुङ्लिङ नगरपालिका
मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक २०७९।८० को नीति तथा कार्यक्रम सार्वजिनक गरेको छ । छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख बिष्णु कुमाार भामले ११ औ नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
पाल्पाका दश वटै पालिकाले आव २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट पेश गरेका छन् । जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ३९ करोड रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।
गुल्मीका १२ वटै स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाले कुल ६७ करोड ४७ लाख ५७ हजार बजेट विनियोजन गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका–६ नगौल टोलका राकेश भक्त पौडेलको हत्यामा संलग्न रहेका एक नाबालिकासहित १२ जनालाई अदालतको आदेशमा कारवाही प्रक्रिया अगाडि बढाएको छ । बारा जिल्ला अदालतको आदेशमा पौडेल हत्या अभियोगको आरोपमा ११ जनालाई वीरगंज कारागार तथा नाबालिकालाई बाल सुधार केन्द्र भक्तपुरमा पठाइएको बारा प्रहरीले जनाएको हो ।
भैँसेपाटीमा निर्माणाधीन रहेको मन्त्री निवासको काम सम्पन्न भएपछि संघीय मन्त्रीलाई उता सार्ने तयारी छ । प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष एवम् उपाध्यक्षको आवास पनि यहिँ बन्ने भएकाले उहाँहरुलाई पनि सार्ने तयारी छ । त्यसपश्चात, ललितपुर हरिहरभवनमा रहेको हालको मन्त्री निवास खाली हुनेछ ।
जुम्ला हिमा गाउँपालिका कालिगड कालो तिरुवा सम्मानित हुनुभएको छ । १२ औँ गाउँसभाको क्रममा तिरुवालाई हिमा गाउँपालिकाले सम्मान गरेको हो । पर्यटकले एक पटक तस्विर खिचेर जाने चिउडी साँघुमा रहेका कलात्मक काष्ठकलाका चित्र बनाउने देखि विभिन्न काठका कलात्मक कामहरु गर्दै आउनुभएका ज्येष्ठ नागरिक कालो तिरुवा सम्मानित हुनुभएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित पूर्वपश्चिम राजमार्गको झिझिरी खोला मोडमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
रुसी फौजको भीषण हमला सामना गर्न नसकेपछि युक्रेनी फौजलाई युक्रेन सरकारले फिर्ता हुन निर्देशन दिएको छ । हप्तौंदेखि रुसी फौज र युक्रेनी फौजबीच युक्रेनका पूर्वी शहरहरुमा आ–आफ्ना उपस्थिति देखाउन आमनसामने भएका थिए । सेना फिर्ता हुने औपचारिक रुपमा निर्देशन दिएपछि अन्ततः सो शहर पनि रुसी नियन्त्रणमा गएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको सूचना दर्ता भएको चार महिना पूरा भइसकेको छ । प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भयो । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन । प्रस्तावक दलहरूले प्रस्ताव अघि बढाउन कुनै कार्यसूची पनि बनाएका छैनन् । प्रक्रिया अ
नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकमा आगामी बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डाबारे छलफल भएको छ । बैठकमा सरकार, गठबन्धन, आगामी चुनाव र कार्ययोजनाबारे छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
सप्तरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार विहान बस पल्टिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
पछिल्लो समय वैदेशिक अध्ययनका लागि जानेको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक अध्ययन अनुमति पत्र लिनेको संख्या बढ्दै गएको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) शाखाका प्रमुख हरि निरौलाले बताउनुभयो । पछिल्लो समय कोरोना संक्रमण मत्थर भएसँगैै अध्ययनका लागि जानेको संख्या पनि बढ्दै गएको उहाँको भनाइ छ ।