रुपन्देहीका दुग्ध व्यवसायीले जिल्लामा दूधको गुणस्तर कायम गर्न गुणस्तरीय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दूधको गुणस्तरको विषयमा पटकपटक कुरा उठ्ने गरेको भन्दै व्यवसायीले दूधको गुणस्तर कायम राख्न गुणस्तरीय प्रयोगशालाको आवश्यक रहेको बताएका हुन् ।
वन संरक्षण गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी रूपमा जलवायु बृहत् वित्त रणनीति तर्जुमा गर्न नेपालले विश्व समुदायलाई आग्रह गरेको छ । दक्षिण कोरियामा सञ्चालन भइरहेको १५औँ विश्व वन सम्मेलनमा सहभागी विकसित मुलुकहरूलाई नेपालले यस्तो आग्रह गरेको हो ।
गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनका लागि सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । पाँच वर्षभित्र गर्न सकिने विकास निर्माण तथा विकास साझेदार निकायसँग गर्न सकिने समन्वयबारे मतदातालाई जानकारी दिन सङ्कल्पपत्र सार्वजनिक गरिएको बताइएको छ । नेपाली काँग्रेस र नेकपा (माओ
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई डडेल्धुरामा चुनौती थपिएको छ । २०७४ सालको निर्वाचनमा डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको काँग्रेसले पुरानो विरासत जोगाउन निकै मेहनत गर्नुपर्ने देखिएको छ ।
जिल्लाको कुशे गाउँपालिकामा चुनावी प्रचारप्रसारमा जुटेका सत्ता गठबन्धन दलका कार्यकर्ता विच झडप हुँदा प्रहरीले हवाईफायर गरेको छ ।
स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा तालमेल गरेका सत्ता गठबन्धन दलले हेटौँडाको समग्र विकासका लागि हेटौँडा विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता जनाएका छन् । पाँचदलीय सत्ता गठबन्धनले मङ्गलबार संयुक्त प्रतिबद्धता सार्वजनिक गर्दै आफूहरु निर्वाचित भएमा हेटौँडा उपमहानगरपालिकाका बासिन्दालाई वार्षिक तीन सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भइ कैलालीमा पाँच वर्षसम्म पालिका चलाइ सक्नु भएका पाँच जना निवर्तमान प्रमुख पुनः सोही पद्मा दोहोरिने दाउमा हुनुहुन्छ ।
नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीले औँल्याएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले बुधबार राजधानीमा आयोजना गरेको ‘विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगको भूमिका’ विषयक संवाद कार्यक्रमका वक्ताहरूले स्वदेशी उत्पादन प्रवद्र्धन र निर्यातका लागि उचित नीति र समसामयिक सक्रियताको अभाव रहेकोे बताउनुभयो ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका देशभरि नै जनमत आफ्नो पक्षमा पार्न दलहरुले चुनावी सभा र घरदैलो कार्यक्रममा तिव्रता दिएका छन् । तर दैलेखको भैरवी गाउँपालिका सचेत मतदाता भने हजुर भोट किन दिने भनेर गाउँपालिकाबाट उम्मेदवार बनेका विभिन्न दलका प्रतिनिधीलाई भेला गराई प्रतिवद्धता सहित करार नामा गरि औँठाछाप गर्न लगाएका छन् ।
काठमाडौँ उपत्यकाको फोहोर सिसडोल पु-याउन फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थली मार्गबाट फोहोर सिसडोल लैजान थालेका छन् । मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म ८० कन्टेनर फोहोर काभ्रेस्थली भएर सिसडोल लगिएको छ । फोहोर १० दिनदेखि उठ्न सकेको थिएन ।
राष्ट्रिय मानव अधिकार आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनको अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरेर सातवटै प्रदेशका ७७ जिल्लाका मतदान केन्द्रमा पुगेर स्थलगत अनुगमन गर्ने बताउनुभयो ।
शिक्षक सेवा आयोगले गत चैत महिनामा सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा हालै प्रकाशित गरेको छ । त्यस परीक्षामा १२ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएको पाइएको छ । तथ्याङ्कगत दृष्टिबाट यो निकै कम प्रतिशत हो ।
बेलाबखत निर्वाचन आयोगका निर्णय राजनीतिक वृत्तमा विवादित नहुने होइनन् तर पनि निर्वाचन आयोगका पछिल्ला निर्णय, पहल र गतिविधिले भने सकारात्मक सन्देश दिएका छन् । निर्वाचन आयोग गतिशील र प्रभावकारी हुने–नहुने भन्ने कुरा कसले त्यसको नेतृत्व गरेको छ, उसको क्षमता, विज्ञता तथा निर्णय क्षमता कुन हैसियतको छ भन्ने कुराले पनि कहिलेकाहीँ निर्धारण गर्दो रहेछ । प
संसदीय लोकतन्त्र विश्वमै सर्वोत्कृष्ट व्यवस्था मानिएको छ । अन्य व्यवस्थाको तुलनामा यो व्यवस्था राम्रो मानिएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्ने भएकाले यसमा जनभावना प्रतिविम्बित हुन्छ । जनता सार्वभौम हुन्छ । उसमा रहेको अन्र्तनिहित शक्तिको प्रयोग चुनिएका जनप्रतिनिधिले गर्छन् ।