• ७ जेठ २०८१, सोमबार

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

blog

बागदाद, असार १२ गते । इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लाग्नुभएको बताइएको छ ।इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उहाँ अर्को हप्ता इरान र साउदी अरेबिया जान लाग्नुभएको सो समाचारमा जनाइएको छ । उहाँले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नुहुने भएको सो समाचार समितिले जनाएको छ ।     

उहाँ पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुनेछ । त्यसपछि उहाँ साउदी अरेबियाको भ्रमणमा जानुहुने भएको समाचारमा जनाइएको हो ।यही जुन ९ तारिखमा इराकी विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग इराक इरानसँगको वार्ताका लागि तयार भएको र आगामी दिनमा दुई देशको सम्बन्ध र अन्य विषयमा वार्ता अघि बढाइनेछ भन्नुभएको थियो ।     

क्षेत्रीय सुरक्षा तथा खाडी राष्ट्रहरुको राजनीतिक अवस्थाका बारेमा इराकले वार्तालाई जारी राखेको छ । इराकले गत वर्षमात्र पनि इरान र अन्य खाडी देशहरुसँग वार्ता निरन्तर गरेको थियो ।     

साथै, इराकले इरानसँग गत वर्षमात्र पनि चार राउण्डमा वार्ता गरेको थियो । आणविक उर्जा तथा अन्य विषयमा अमेरिकासँग इरानको विवाद जारी रहेका बेला इराकले वार्ता अघि बढाउने भएको हो ।