• १३ साउन २०८१, आइतबार

छायाँनाथ रारा नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम

blog

फाइल फाेटाे

हरि कृष्ण ऐडि

मुगु, असार १२ गते । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक २०७९।८० को नीति तथा कार्यक्रम सार्वजिनक गरेको छ । छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णुकुमाार भामले ११ औ नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । 

नगरपालिकामा भष्टचार नियन्त्रण, आर्थिक रुपले सम्पन्न, भौतिक रुपले शहरी सुविधायुक्त, राजनैतिक हिसाबले समावेशी सहभागिता, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित नगरको रुपमा विकास गर्ने लक्ष्य छ ।

नगरपालिका भित्रका १४ वडाका अधिकांश बस्ती सडक सम्पर्कमा छ । सडक पुगेका वडामा नगरवासीको सेवा प्रवाहका लागि गमगढी, ताल्च, सल्लेरी, गमगढी, बालै, पिना, गमगढी निगाले, फुलि, गमगढी, रुगा बामा, गमगढी घाट हुँदै लुम्स र गमगढी, चराप, गाडापानि हुँदै रोवासम्म सहुलियत भाडा कायम गरी नगर बस सञ्चालनमा ल्याइने नीतिमा उल्लेख छ ।

एक वर्षभित्र उज्यालो घर हाम्रो नगर सञ्चालन गरी  र २१ औैँ शताब्दीमा पनि अँध्यारोमा बस्न बाध्य भएका समुदायका लागि सोलार जडान तथा पानी खोला गयलदेव मिनि हाईर्डोपावर सञ्चालन गरी हरेक बस्तीमा विद्युतीकरण गरिने र उज्यालो गाउँका रुपमा रुपान्तरित गर्न आवश्यक क्षेत्रमा सडक बत्तीको व्यवस्था गर्ने नगर प्रमुख विष्णुकुमार भामले बताउनुभयो  ।

नगरपालिका भित्रका वडामा प्राथमिक विद्यालय टाढा भई बालबालिकालाई पठनपाठनमा असहज भएका गाउँ वस्तीमा बाल बिकास केन्द्र स्थापना, नगरपालिकाभित्रका सबै विद्यालयमा कम्प्युटर कक्षा तथा इन्टरनेट जडान गरिनुका साथै विपन्न तथा गरीव परिवारका विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने नीति लिएको छ ।

नगरपालिका भित्रका एकदेखि चौध वडासम्मका दलित घरपरिवारलाई दशैं भत्ता उपलब्ध गराउने र दशैँभत्ता वापत पहिलो चरणमा २५ सयका दरले दशैँ भत्ता उपलब्ध गराउने व्यवस्था गरिनेछ । नगरपालिकामा विभिन्न सडक दुर्घटना, बाढी, पहिरो आगलागीको उच्च जोखिममा रहेकाले, विपत्त व्यवस्थापनसम्बन्धी  सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै, विपत व्यवस्थापन कोषको स्थापनालगायत दमकलको व्यवस्था गरिनेछ ।

यसैबीच शारीरिक, मानसिक, सामाजिक रुपमा पिछडिएकालाई उपचारको व्यवस्था गर्ने ।   छायाँनाथ राराको हाम्रो स्वस्थ नगरको नारालाई साकार पार्न प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालयको भौतिक अवस्था सुधार र स्रोत साधनमा वृद्धि गरिनेछ । जिल्ला अस्पातललाई ५० शैयामा स्तरोन्नति गरी विशेषज्ञ सेवा प्रवाह गरिनुका साथै एक वडा एक एम्बुलेन्स सेवाको विस्तार गरिने नगरप्रमुखले बताउनुभयो ।

ताल्च विमानस्थलमा एयरपाेर्ट करमा वृद्धि गरिनुका साथै हवाई यात्रा गर्ने यात्रुलाई नगरपालिका अङ्कित चक्लेट वितरण गरिनेछ ।