बुधबार बिहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए ।
बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।
मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठकाअनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबारदेखि लगातार परेको वर्षा बुधबार समेत जारी छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ ताप्लेजुङले स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला महासङ्घले सामुदायिक वन क्षेत्रमा क्रियाशील रही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न पदमा निर्वाचित हुने जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
नेपालमा केही वर्ष यता डेंगु प्रकोपका रुपमा देखिँदै आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका डा. गोकर्ण दाहालकाअनुसार सन् २०२२ सुरु भएदेखि अहिलेसम्म २२ जिल्लाबाट ६९ जनामा डेंगुका बिरामी भेटिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले वर्षामा विपद् व्यवस्थापन तथा प्रकोप न्यूनिकरण गर्न प्रत्येक जिल्लामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् ।
पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।
रेसुंगा नगरपालिकाले निर्माण गरेको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ । किसाले उत्पादन गरेका वस्तुलाई सहज रुपमा विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र विद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्वाधीनताको रक्षा एवम् समाजवादको आधार निर्माण गर्ने अभियानमा अघि बढ्न नेता कार्यकर्तामा आव्हान गर्नुभएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिना भन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियाली नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन रहेका छन् ।
अविरल वर्षाले ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । सडक डिभिजन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको पहलमा सडकमा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।
कैलालीको कान्द्रा नदीमा हाम फालेका महिलाको आज शव भेटिएको छ । भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डङ्गौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी आएको बेला आइतबार साँझ उहाँले कान्द्रा नदीमा हाम फाल्नु भएको थियो ।
वादी समुदायका समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ । वि.सं. २०७७ फागुन १० गते आवास र रोजगारीलगायत विभिन्न माग राख्दै आन्दोलित भएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच ५ बुँदे सहमति भएको थियो ।
सिन्धुली जिल्लामा बजेट अभावमा भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण तथा मर्मतको अनुदान रकम पाउन कठिन भएको छ । बजेट अभावमा निजी आवास निर्माण तथा मर्मत गरेका लाभग्राहीलाई उक्त अनुदान रकम दिन नसकेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।