• १२ असार २०८१, बुधबार

पहिरो हटाएपछि सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी सञ्चालन

blog

रेखीराम राना

पाल्पा, असार १४ गते । अविरल वर्षाले ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । 

सडक डिभिजन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको पहलमा सडकमा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ । 

गएरातिदेखि परेको वर्षाका कारण सो राजमार्गको पानी मिल, जडिबुटी तथा सिद्धबाबा क्षेत्रको विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेको थियो । 

पानी पर्न छाडेपछि सडकमा खसेको पहिरो हटाएर बाटो एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

सडक डिभिजन कार्यालय पाल्पाले मङ्गलबार विहानैदेखि पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तर वर्षा भएका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको थियो ।