• २७ वैशाख २०८१, बिहिबार

नदीमा हाम फालेका एक महिलाको शव फेला

blog

अविनाश चौधरी

धनगढी, असार १४ गते । कैलालीको कान्द्रा नदीमा हाम फालेका महिलाको आज शव भेटिएको छ । भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डङ्गौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी आएको बेला आइतबार साँझ उहाँले कान्द्रा नदीमा हाम फाल्नु भएको थियो ।

खोज तलास गर्ने क्रममा दुई दिनपछि शव मोहना नदीमा फेला परेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ । कान्द्रा नदी तलतिर गएर मोहनामा मिल्ने गर्दछ ।