• १३ साउन २०८१, आइतबार

स्वाधीनताको रक्षा एवम् समाजवादको आधार निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १५ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्वाधीनताको रक्षा एवम् समाजवादको आधार निर्माण गर्ने अभियानमा अघि बढ्न नेता कार्यकर्तामा आव्हान गर्नुभएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सच्चा कम्युनिष्टहरुलाई एकीकृत गर्नुपर्ने भनाइ राख्नुभयो । क्रान्तिकारीको चाहना जतिसुकै पवित्र भए पनि जनतालाई जोड्न सकिएन भने त्यसले क्रान्ति प्राप्त नहुने भन्नुहुँदै उहाँले निकट भविष्यमा पूर्व माओवादीमा रहनुभएका अन्य बुद्धिजीवि नेताहरु समेत पार्टीमा प्रवेश गर्नुहुने उल्लेख गर्नुभयो ।

“माओवादीभन्दा बाहिर देशको स्वाधीनतालाई माया गर्ने, यसका लागि लड्नुपर्छ भन्ने र कम्युनिष्ट आन्दोलनलाई माया गर्ने, मैले संसदमा पनि भनेको छु, एमालेभित्र पनि केपी ओलीभित्र प्रतिगमनको खतरा पैदा भयो । त्यो नेतृत्व नहुने हो भने कार्यकर्ताहरुमा समाजवादको यात्रामा डोहो¥याउन सकिन्छ भन्ने विश्वास छ” उहाँले भन्नुभयो । 

अध्यक्ष प्रचण्डले विगतमा माओवादी धारमा रहनुभएकाहरु केन्द्रित हुनुपर्ने र वर्तमान स्थितिमा नयाँ ध्रुविकरण र रुपान्तरणका साथ अघि बढ्नुपर्ने भन्नुहुँदै प्रवेशीहरुलाई स्वागत एवम् बधाई ज्ञापन गर्नुभयो ।