• २८ वैशाख २०८१, शुक्रबार

वर्षाका कारण झापामा विद्यालयहरु बन्द

blog

झापाको शिवसताक्षीमा विस्थापितहरुलाई राखिएको एक विद्यालय

विष्णुप्रसाद पोखरेल

दमक, असार १५ गते । झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाउँपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । 

झापाका अधिकांश पालिका वर्षाका कारण प्रभावित भएपछि स्वतःस्फूर्त रुपमा विद्यालयहरु बन्द भएका छन् । विद्यालयहरुमा विस्थापितहरुलाई राख्न थालिएसँगै विद्यालयहरु बन्द हुन थालेका हुन् । वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द भएका हुन् ।

हल्दिबारी गाँउपालिका अध्यक्ष रवीन्द्र लिङ्देनकाअनुसार लगातरको वर्षाले सडकहरु भत्केका कारण बालबालिकाहरुलाई हिँड्डुलमा समस्या हुनसक्ने भएकाले यस्तो निर्णय गरिएको हो । विद्यालय लगाउने वा विद्यार्थीहरु विद्यालय आएर पठनपाठन गर्ने अवस्था नभएर विद्यालय बन्द गरेका छाैं, उहाँले भन्नुभयो ।

विद्यायलसम्म विद्यार्थीहरु आउन सक्ने अवस्था नरहेकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न सबै विद्यालयहरुलाई भनिएको नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले बताउनुभएको छ ।