• २८ वैशाख २०८१, शुक्रबार

बेपत्ता दुई विदेशी पर्यटक खोजीमा असहजता, मौसमले साथ दिएन

blog

तस्विर – साेलुखुम्बुकाे खुम्बु क्षेत्र (फाइल फाेटाे)

सन्तोष राउत

सोलुखुम्बु, असार १४ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिना भन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियाली नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन रहेका छन् ।

प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तर वर्षा तथा भौगोलिक कठिनाइका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।

प्रहरीले गोकियो, थाङबोचे र एभरेष्ट बेसक्याम्पमा तीन टोली बनाएर खोजी गरिरहेको प्रनाउ शाहको भनाइ छ । भीर तथा जङ्गलको क्षेत्र भएकाले खोजीका लागि चुनौती रहेको प्रहरीले जनाएको छ ।

खोजीका लागि भारत र कोरियाबाट आएका आफन्तहरु पनि सक्रिय रहेको जनाइएको छ । बेपत्ताहरु गाईड विना एक्लाएक्लै भ्रमणमा आएका कारण कुन क्षेत्रमा हराएको भन्ने अवस्था पत्ता लगाउन असहज भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।