• १५ असार २०८१, शनिबार

हरेक नागरिककाे सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको : गृहमन्त्री खाण

blog

फाइल फाेटाे

कपिल ज्ञवाली 
सिद्धार्थनगर, असार १८ गते । गृहमन्त्री बालकृष्ण खाणले हरेक नागरिकको विवरण सरकारसँग हुनुपर्ने बताउनुभएको छ। 

राष्टिय परिचयपत्र पञ्जीकरण विभाग सिंहदरबार, काठमाडाैंको सहयोगमा तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा भएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री खाणले हरेक नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको रहेकाे बताउनुभयो । नागरिकको दायित्य पूरा गर्न पूर्ण विवरण सरकारसँग हुनुपर्ने बताउनुभयो।

नेपाल सरकारले स्थानीय तहदेखि भरपर्दो उच्च प्रविधिको उचित प्रयोग गरी सत्यतथ्य नागरिकको विवरण सरकार समक्ष पुर्याउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।
मानव अधिकार, लोकतान्त्रिक अधिकार र नागरिक सुरक्षा सरकारले गर्ने हुँदा नागरिकको हरेकविवरण सरकारसँग हुन जरुरी रहेको उहाँको भनाइ छ।

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन प्रणाली सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम समापन भएको छ।