• १८ असार २०८१, मङ्गलबार

तिनाउ नदीमा भारतीय युवकको शव फेला, एक बेपत्ता

blog

रेखीराम राना

पाल्पा, असार २० गते । तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना  भारतीय नागरिकमध्ये एक जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । आइतबार दिउँसो ३ बजेतिर भारतबाट पाल्पाको तिनाउ–२, स्थित सिद्धबाबा मन्दिरमा दर्शनका लागि आएका दुई जना भारतीय युवा पौडी खेल्ने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।  

बेपत्ता भएकामध्ये भारत उत्तर प्रदेश दोहोरिया गोरखपुर बस्ने वर्ष १८ का नन्दकुमार निसादको शव फेला परेको छ भने सनि कुमार बेपत्ता छन् । 

निसादको शव रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१९, लाफाचउरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।