नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका सबै उम्मेदवारलाई साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ । सङ्घले नगरप्रमुखका उम्मेदवारसँग नेपालगञ्जमा गरेको प्रत्यक्ष संवाद कार्यक्रममा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट, नेकपा एमालेका पशुपतिदयाल मिश्र, राप्रपाका नन्दलाल वैश्य, राप्रपा नेपालका अभय बस्नेत, स्वतन्त्र दिनेश थापा र विकासबहादुर सिंहले १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ
स्थानीय तहको निर्वाचनको रौनक सुरु भए पनि मतदातामा भने कसरी मतदान गर्ने भन्ने अन्योल देखिएको छ । दार्मा गाउँपालिका–२ का रमेश रोकायले यसपालि मतदान गर्न पाउने हुनुभएको छ तर उहाँलाई कसरी मतदान गर्ने जानकारी छैन ।
स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता निकै उत्साहित भएका छन् ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरू आकर्षक चुनावी मुद्दासहित घरदैलोमा व्यस्त छन् । उनीहरूको चुनावी मुद्दालाई मतदाताले मनसमेत पराएका छन् । तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा स्वतन्त्र उम्मेदवार मत माग्दै मतदातसमक्ष पुगिरहेका छन् ।
साझा यातायातले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको छ । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस ल्याइने साझा यातायातले जनाएको छ । परीक्षणपछि यी बस काठमाडौँमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने बताउनुभएको छ । सातौँ राष्ट्रिय पत्रकारिता दिवस २०७९ का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपालको प्रेस जगत्ले समाज रूपान्तरणमा महìवपूर्ण भूमिका निर्वाह गरेको बताउनुुभयो । उहाँले भन्नुभयो, “जिम्मेवार पत्रकारिता लोकतन्त्रमा अपरिहार्य कुरा हो । नागरिकलाई सही तथ्य र सूचना प्रवाह गराउने काम प्रेसले गर्नुपर्छ ।”
नेपाली छापा पत्रकारिताको गौरवमय इतिहास बोकेको गोरखापत्र शनिबार १२२ वर्षमा प्रवेश गरेको छ । लगभग सवा शताब्दी पाठकलाई निरन्तर योगदान दिएको गोरखापत्र नेपालको सूचना क्रान्तिको जग मात्र होइन, दक्षिण एसियामै सय वर्ष नाघेको सीमित अखबारमध्ये एकसमेत हो । नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन वैशाख २४ को यो ऐतिहासिक दिनलाई सम्मान गर्दै सरकारले राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउन थालेको छ । यसले गोरखापत्र र यसका प्रकाशनले आम पाठकमा पु¥याउँदै गरेको योगदानलाई राज्यले थप संस्थागत गरेको छ । थप गौरवमय बनाएको छ । निश्चय नै उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले छापा पत्रकारिताको कल्पना र त्यस
मुलुककै पहिलो पत्रिका गोरखापत्र १२२ वर्षमा प्रवेश गरेको छ । यस वर्ष प्रवेशसँगै गोरखापत्र डिजिटल प्रविधिमैत्री भई पाठकसामु जाने भएको छ । गोरखापत्र दैनिकको १२२औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गोरखापत्र र गोरखापत्रका सहप्रकाशनलाई स्मार्ट बनाउने प्रतिबद्धता व्यक्त गरियो । गोरखापत्रको १२२औँ वर्ष प्रवेशका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखापत्रले वर्तमान डिजिटल युगसुहाउँदो परिवर्तन र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गोरखापत्रलाई सन्तुलित, प्रतिस्पर्धी र व्यावसायिक बनाउन संस्थानका उत्पादनको गुणस्तर अझै परिष्कृत गर्दै प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताउनुभयो ।
नेपालका तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पालादेखि सरकारी कार्यालयमा शनिबार सार्वजनिक बिदा दिने प्रचलन आरम्भ भएको हो । जो अहिले पनि कायमै छ । यसरी हप्तामा एक दिन सार्वजनिक बिदाको अतिरिक्त वर्षमा करिब ३०÷३५ दिन अन्य सार्वजनिक बिदा दिने प्रचलन यथावत् राखी हप्तामा अर्को एक दिन पनि सार्वजनिक बिदा थपिएको छ । यसरी, एकातिर हामी दुई दिन सार्वजनिक बिदा दिएर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप भएका छौँ भने अर्कोतिर वर्षमा ५२ दिन बिदा बढाएका छौँ । यसको सबै पक्षबाट विवेचना हुन जरुरी छ ।
समाज र राजनीतिबीच गहिरो सम्बन्ध हुन्छ । त्यसैले सामाजिक अपेक्षा र राजनीतिक भविष्य एक–अर्काका परिपूरक हुन् । समाजमा कस्तो अपेक्षा जन्मिन्छन्, त्यसमा विद्यमान राजनीतिक अवस्थाको ठूलो प्रभाव रहन्छ । त्यसैगरी राजनीतिक भविष्यको सुनिश्चिततामा सामाजिक अपेक्षाको भूमिकालाई पनि कम आकलन गर्न सकिन्न । समाजमा कस्ता अपेक्षा जन्मिन दिने, कस्ता अपेक्षा समाजका लागि हितकारी छन् तथा कस्ता अपेक्षालाई निरुत्साहित गर्ने चेत राजनीतिमा हुन आवश्यक हुन्छ ।
चुनाव सार्वजनिक पदका लागि कुनै व्यक्तिलाई चयन गरेर मतदानद्वारा राजनीतिक प्रस्तावलाई स्वीकार या अस्वीकार गर्ने औपचारिक प्रक्रिया हो । यस्तो प्रक्रिया कहिलेदेखि सुरुवात भयो भन्ने आधिकारिक जबाफ नभए पनि प्राचीन रोमको एथेन्समा पोप र पवित्र रोमन सम्राट्को चयन प्रक्रियामा चुनाव गरिएको थियो तर समकालीन दुनियाँमा १७औँ शताब्दीको सुरुवातताका युरोप र उत्तर अमेरिकामा प्रतिनिधि सरकारद्वारा शासन व्यवस्था हुन थालेपछि चुनाव सुरुवात गर्ने गरिएको हो । नेपालमा २००४ सालमा राणा शासकहरूले वीरगञ्ज र काठमाडौँमा जनप्रतिनिधि चुन्न चुनाव सुरुवात गरेको देखिन्छ ।
सङ्घीयतासहितको संविधान जारी भएपछि स्थानीय तहका जनप्रतिनिधिका लागि दोस्रो पटकको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । यस पटक सबै स्थानीय तहमा एकै पटक निर्वाचन हुनेगरी निर्वाचन आयोगले कार्यक्रम अघि बढाइ पनि सकेको छ । गत वैशाख ११ र १२ गते भएको उम्मेदवार मनोनयनको अवस्था हेर्दा ७५३ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको उपस्थिति उत्साहजनक देखिएको छ । कतिपय ठाउँमा नयाँ अनुहार त कतिपय ठाउँमा पुरानै अनुहार विभिन्न पदका लागि आकाङ्क्षी बनेर देखापरेका छन् ।
काठमाडौं, वैशाख २४ गते । युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनको नयाँ गीत 'वाचा भयो' सार्वजनिक गरिएको छ । सुमनले विवाहको भोलिपल्ट नै गीत सार्वजनिक गर्नुभएको हो ।उहाँले गीतमार्फत आफ्नी जीवन सँगिनीलाई जीवनभरि साथ दिने, माया गर्ने, दु:ख सु:ख बाँड्ने वाचा गर्नुभएको छ । यस्तै, उहाँले यो गीत ज्योत्सना अनि आफूहरूको विशेष दिनका लागि लेख्नुभएकोसमेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
काठमाडौं, वैशाख २४ गते। गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश तथा संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा शनिबार छापा तथा डिजिटल प्रकाशनको नयाँ डिजाइनको उद्घाटन गरिएको छ। वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र दैनिक, दि राइजिङ नेपाल, गोरखापत्र अनलाइन र राइजिङ नेपाल डेलीडटको नयाँ लेआउटको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो। संस्थान व्यवस्थापनले वैशाख १ गतेबाट नयाँ साजसज्जाका साथ छापा तथा अनलाइन प्रकाशनको सुरुवात गरेको थियो। समारोहलाई सम्बोधन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले इतिहास र विरासतको रुपमा गोरखापत्र गौरवशाली देखिए पनि डिजिटल प्रतिस्पर्धामा अब्बल हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। ‘‘नेपालको सामाजिक रुपान्तरणमा गोरखापत्रको ठूलो योगदान रहेको छ। इतिहास र विरासतको रुपमा हेर्दा गौरवपूर्ण देखिन्छ। अहिलेको परिस्थिति अनुसार डिजिटल प्रतिस्पर्धामा अब्बल हुनपर्ने आवश्यकता छ’’, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो। गोरखापत्रको छापा र डिजिटल प्रकाशनको नयाँ डिजाइनको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिरः कविन अधिकारी अब गोरखापत्रले प्रविधिको अधिकतम उपयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। कार्यकारी अध्यक्ष सुवेदीले छापा र डिजिटल प्लेटर्फमलाई फरक ढङ्गले प्रस्तुत गरिएको भन्दै त्यसमा आलोचना र प्रतिक्रिया दिएर सुधारको मौका दिन अनुरोधसमेत गर्नुभयो। ‘‘हामीले प्रिन्ट र डिजिटललाई अहिले फरक ढङ्गले पस्किएका छौँ। त्यसमा आलोचना र प्रतिक्रियाको आवश्यकता रहेको छ ’’, अध्यक्ष सुवेदीले भन्नुभयो। अब २४ घण्टा कुरेर गोरखापत्र र राइजिङ नेपाल किन पढ्ने भन्ने चुनौती रहेको उहाँको भनाइ छ। कार्यकारी अध्यक्ष सुवेदीले १२२ वर्षदेखिको गोरखापत्रको सम्पत्ति सुरक्षा गर्न डिजिटल अर्काइभको काम भइरहेको समेत उल्लेख गर्नुभयो। यो इतिहास निर्माणको आधारशीला बन्ने उहाँको भनाइ छ। ‘‘हाम्रो सम्पत्ति हामीले नै सुरक्षा गर्नुपर्छ। हाम्रो लागि गोरखापत्रको अर्काइभ इतिहास निर्माणको आधारशीला बन्नेछ।’’ अध्यक्ष सुवेदीले गोरखापत्रको ठूलो सम्पत्ति यहाँ कार्यरत जनशक्ति भएको उल्लेख गर्नुभएको छ। उहाँले प्राविधिक कारणले केही शाखामा रोकिएका ग्रेड वृद्धिलाई नेपाल सरकारसँग समन्वय गरेर अगाडि बढाएको बताउनु भयो। कार्यकारी अध्यक्ष सुवेदीले संस्थानको वित्तीय प्रणालीको व्यवस्थापनको कामसमेत भइरहेको उल्लेख गर्नुभयो। उहाँले गौरवशाली इतिहास बोकेको संस्थानको भवन जीर्ण रहेकाले यसको पुनर्निमाण र नयाँ निर्माणको विषयमा सरकारसँग सहयोगका लागि आग्रह पनि गर्नुभयो। यसैगरी, अतिथिहरूको स्वागत गर्दै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रलाई डिजिटल र भौतिक रुपमै पाठकसम्म पुर्याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। ‘‘गोरखापत्र संस्थानका प्रकाशनलाई डिजिटल र भौतिक रुपमै पाठकसम्म पुर्याउनुपर्ने ठूलो जिम्मेवारी हामीसँग रहेको छ’’, महाप्रबन्धक ऐरीले भन्नुभयो। गोरखापत्रप्रति आम पाठकको दायित्व बढाउन यसको दायरालाई फराकिलो बनाउने काम भइराखेको र त्यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको उहाँको भनाइ छ। ‘‘गोरखापत्रको दायरा फराकिलो पार्ने काम भइराखेको छ। स्थानीय सरकारसँग यो विषयमा समन्वय भइरहेको छ’’, महाप्रबन्धक ऐरीले थप भन्नुभयो। महाप्रबन्धक ऐरीले गोरखापत्रको विषयवस्तु सुधारको योजना अगाडि बढेको उल्लेख गर्नुभयो। उहाँले जनतालाई सूचना दिनु हुँदैन भन्ने समयमा सुरु भएको गोरखापत्रलाई परिस्कृत बनाउने योजनाका साथ संस्थानले काम गरिरहेको उल्लेख गर्नुभएको हो। सम्मान तथा पुरस्कार वितरणवार्षिकोत्सव समारोहमा संस्थानले पत्रकारिता क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्व र संस्थानका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७७ बाट गोरखापत्र दैनिकका पूर्वनिमित्त प्रधान सम्पादक श्रीओम श्रेष्ठलाई सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सम्मानपत्र र नगद ५५ हजारसहित वरिष्ठ पत्रकार श्रेष्ठलाई सम्मान गर्नुभएको हो। संस्थानको तर्फबाट उत्कृष्ट कर्मचारीको रुपमा हाजिरी शाखाका प्रमुख रामकुमार बस्नेत र वितरण विभागका निर्देशक नरेन्द्रबहादुर श्रेष्ठलाई नगद २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो। उपत्यकाको उत्कृष्ट समाचारदाताको रुपमा गोरखापत्र अनलाइनका उपेश महर्जन र दि राइजिङ नेपालकी रेणु ढकाललाई सम्मान गरिएको छ। संस्थानले उत्कृष्ट खोजी रिपोर्टिङ गर्ने गोरखापत्र दैनिकका देवबहादुर कुँवरलाई सम्मानपत्र र पाँच हजार नगदसहित सम्मान गरेको छ। उहाँहरूलाई गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई र दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले सम्मान अर्र्पण गर्नुभयो। समारोहमा वितरण विभागका निमित्त निर्देशक सोमबहादुर घले, वरिष्ठ प्रेस अधिकृत हरिकण्ठलाल श्रेष्ठ, कार्यालय सहयोगी दुःखी मण्डललाई सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सम्मानपत्र र नगद पाँच हजारसहित सम्मान गर्नुभयो। यसैगरी, कार्यक्रममा रामचन्द्र-इन्दु गौतम पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्वय ओम शर्मा र निर्मलकुमार आचार्यलाई नगद ५० हजारसहित सम्मानित गरिएको छ। शर्मा गोरखापत्रका पूर्व कार्यकारी अध्यक्ष र आचार्य गोरखापत्रका पूर्व निमित्त प्रधान सम्पादक हुनुहुन्छ। वार्षिकोत्सव समारोहमा गोरखापत्र संस्थानमा लामो समयदेखि कार्यरत कर्मचारीलाई दीर्घ सेवा पदक र स्वर्ण पदकबाट सम्मान गरिएको छ। संस्थानमा २० वर्ष काम गरेका कर्मचरीलाई दीर्घ सेवा पदक र २५ वर्ष पूरा गर्ने कर्मचारीलाई स्वर्ण पदकबाट सम्मान गरिएको हो। समारोहमा विज्ञापनदता र एजेन्सीलाईसमेत सम्मान गरिएको छ। जोइन मिडिया प्रालिलाई उत्कृष्ट विज्ञापनदाताको रुपमा सम्मान गरिएको छ भने फ्इयूचर हब मिडिया प्रा.लि र कलस एण्ड सर्भिस प्रा.लिले क्रमशः दोस्रो र तेस्रो विज्ञापनदाता सम्मान पाएका छन्। यसैगरी, नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको गोरखापत्र पत्रकारिता पुरस्कार र सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुष्पराज जोशी, रमेश लम्साल, शरदराज सुवेदी, नगेन्द्र सापकोटा, केपी गौतम, हरिप्रसाद भट्टराई, इश्वरचन्द्र झा सम्मानित हुनुभएको छ ।गोरखापत्रका सहप्रकाशनमा दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना मासिक तथा गोरखापत्र अनलाइन र राइजिङ नेपाल डेली डटकम प्रकाशन हुँदै आएका छन्। वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागीलाई संस्थानका कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक ऐरले प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो। शनिबारबाट गोरखापत्र १२१ वर्ष पूरा गरेर १२२ औं वर्षमा प्रवेश गरेको छ यो नेपालको जेठो समाचारपत्र हो। दीर्घसेवा गर्ने गोरखापत्रकर्मीलाई स्वर्ण पदक प्रदान गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा संस्थानको स्थायी सेवामा रहेका पत्रकार तथा कर्मचारीलाई दीर्घसेवा पदबाट सम्मानित गरिएको छ । समारोहमा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरले पदक तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । संस्थानले शनिबार आयोजना गरेको विशेष समारोहमा संस्थानमा २५ वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको हो । कोरोना (कोभिड–१९) भाइरसको महामारीका कारण दुई वर्षदेखि वार्षिकोत्सव आयोजना हुन सकेका थिएन । तसर्थ यस वर्ष २०७७, २०७८ र २०७९ तीन वर्षका पदकहरू प्रदान गरिएको व्यवस्थापनले जनाएको छ ।वि.सं. २०७७ वैशाख २४ सम्म २५ वर्ष सेवा अवधि पुगेकाहरूमा प्रमुख प्रबन्धकत्रय ओमप्रकाश भुसाल, भगिरथ बस्नेत र ताराबहादुर बस्याल हुनुहुन्छ । यस्तै, नायब कार्यकारी सम्पादकद्वय परमेश्वरप्रसाद देवकोटा र भवानीप्रसाद सुवेदी, वरिष्ठ व्यापार अधिकृत विक्रमबाबु राई, प्रेमबहादुर पराजुली, प्रशासन अधिकृतहरू दिपक पौडेल, दिपककुमार बस्नेत, राजकुमार गुरुङ, लालबहादुर कुमाल हुनुहुन्छ । यसैगरी, अन्य कर्मचारीहरूमा रामकुमार बस्नेत, शारदा कर्माचार्य, सावित्री दाहाल, नवराज न्यौपाने, ध्रुव खड्का, गीता विश्वास हुनुहुन्छ । यस्तै, २०७७ वैशाख २४ गतेसम्म २० वर्ष सेवा अवधि कर्मचारीहरूमा कुलदीप ढुङ्गेल र राजाराम कार्की रहेको संस्थान व्यवस्थापनले जनाएको छ । यसैगरी, २०७८ वैशाख २४ गतेसम्म २५ वर्ष सेवा अवधि पूरा भएका पत्रकारहरूमा दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया र सोही दैनिकका निमित्त प्रबन्ध सम्पादक नारायणप्रसाद उपाध्याय हुनुहुन्छ । अन्य सम्पादकहरूमा नायब कार्यकारी सम्पादकत्रय रामप्रसाद आचार्य, के.पी. (कुलप्रसाद) गौतम र रामप्रसाद हुमागाई हुनुहुन्छ । पदक प्राप्त हुनुहुने कर्मचारीहरूमा विमला खड्का, ज्योत्सना कुँवर, तुलसीप्रसाद पोखरेल, शिवनारायण मण्डल र आशनारायण विश्वास हुनुहुन्छ । यस्तै, २०७९ वैशाख २४ गतेसम्म संस्थानमा २५ वर्ष सेवा अवधि पूरा अवधि पूरा गरेर दीर्घ सेवावापत स्वर्ण पदक पाउने पत्रकारहरूमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम, नायब कार्यकारी सम्पादकहरू राधाप्रसाद जोशी, हरिप्रसाद भट्टराई, बल्लभमणि दाहाल, विष्णुप्रसाद गौतम र भक्तबहादुर थापा हुनुहुन्छ । स्वर्ण पदक पाउने कर्मचारीहरूमा धर्मराज न्यौपाने, गणेश बहादुर वि.सि., चन्द्रावती बज्राचार्य, हरि ढुंगाना, हरिकृष्ण अर्याल, सन्तोषकुमार गौतम, डण्डराज खनाल, दिपक चालिसे, मित्रादेवी गुरुङ्ग, गोपाल खड्का, तोपबहादुर थापा, द्वारिका महर्जन, गीता न्यौपाने, प्रभु मण्डल, विष्णुदेवी कर्माचार्य, शिवहरि अर्याल रहेको संस्थान व्यवस्थापनले जनाएको छ । सोही पदक पाउनु हुने अन्य कर्मचारीमा प्रकाशप्रसाद मैनाली, हेमराज जर्गामगर, लालबहादुर थापा, शैलेश पराजुली, ईश्वर ढुंगाना, तेजप्रसाद घिमिरे, ध्रुवबहादुर खड्का, सुशील श्रेष्ठ हुनुहुन्छ ।तस्बिरः मनोजरत्न शाही, शेखर चौलागाईं, सागर बस्नेत, कविन अधिकारी, केशब गुरुङ
पालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा पहिलो हुनुभएको छ । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा शनिबा। चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गर्नुभयो ।