विश्वको सबैभन्दा बुढो भाले पान्डाको मृत्यु भएको छ । हङकङको चिडियाघरका राखिएको ३५ वर्षको पान्डामो मृत्यु भएको हो । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुन्छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं ८ का टीकाप्रताप सेन ठकुरीको दैनिकी च्याउ विक्रीवितरणमा बित्ने गरेको छ । हरेक दिन विहान
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बलले नेपाल भारत सीमाबाट यार्सागुम्बासहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का ३१ वर्षीय कमाल अहमद खाँ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
गएरातिको अविरल वर्षाका कारण मेलम्ची–हेलम्बु सडकको विभिन्न खण्ड बगाएको छ । हेलम्बु गापा–४ स्थित सडक बगाएका कारण बिहानैदेखि उक्त सडक अवरुद्ध भएको छ । त्यसकारण यातायातका साधन ठप्प छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वार्थको एकता स्वार्थकै टकरावले फुट्ने बताउनुभएको छ । यहाँस्थित बुधबार आयोजित साे पार्टीकाे बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा उहाँले स्वार्थको गठबन्धन भत्काउन कुनै आवश्यकता नभएको भन्नुभएकाे हाे ।
बर्दियाको गेरुवा गाउँपालिकामा यात्रुबाहक गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–६ नौरंगामा यात्रुबाहक गाडीले ठक्कर दिँदा पैदलयात्री राजापुर नगरपालिका –१ का ३२ वर्षीय वसन्त थारुको मृत्यु भएको हो ।
बुधबार देशभर सबैभन्दा बढी वर्षा बाँके जिल्लामा मापन गरिएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेले देशभर बुधबार सबैभन्दा बढी वर्षा बाँकेको खजुरामा भएको जनाएको छ ।
नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा सुरु गरेको हो ।
डडेल्धुराको परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीय नागरिक नदी वारपार गर्न वाध्य बनेका छन् ।
कर्णाली प्रदेशको पर्यटन समृद्धिसँग जोडिएको डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको योजना अधुरो बनेको छ ।
वीरेन्द्रनगरमा पहिलो पटक व्यावसायिक ड्रागन फ्रुटको खेती गरिएको छ । सरकारी र गैरसरकारी निकायको सहयोग विना वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको एकल लगानीमा व्यवसायिक खेतीको सुरुवात गरेको हो ।
जिल्लाको लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रमबाट दिँदै आएको सबै खालका सेवा स्थगित गरेको छ । नेपाल सरकारले आव २०७९÷०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय गरेकाले सोमबार रातिदेखि लागू हुने गरी ओपिडी र इमर्जेन्सीलगायतका सेवा स्थगित भएको अस्पतालले जनाएको छ ।
प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाई गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।
श्रीलङ्काको आर्थिक सङ्कट टार्नका लागि भएको लामो आन्दोलनपछि रिक्त रहेको राष्ट्रपति पदको लागि जुलाई २० तारिख (बुधबार)मा चुनाव हुँदैछ । सो चुनावमा कार्यवहाक राष्ट्रपति रनिल विक्रेमेसिंगेसहित तीनजना प्रतिस्पर्धामा हुनुहुन्छ ।