• १९ असार २०८१, बुधबार

गुल्मीमा कोरोना सङ्क्रमणको दर बढ्दै

blog

तिलाचन पाण्डे

तम्घास, साउन २ गते । शुन्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । सोमबार गुल्मी जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।

सोमबार १५ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा सङ्क्रमणको दर बढ्दै गएपछि स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई ज्वरो र रुघाखोकी लागेका बिरामीहरुको एन्टिजेन परीक्षण गर्नका लागि निर्देशन दिएको आचार्यले बताउनुभयो । पालिकाहरुमा यथेष्ट मात्रामा एन्टिजनको व्यवस्था गरिको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणले २८८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।