रुपन्देहीको सियारी गाउँपालिका वडा नं २, च्याङ्गठामा पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हाटबजारको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ ।
लगातार गाउँमा ढुङ्गा झर्न थालेपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका – ३ पोखराका सर्वसाधारणहरु त्रसित बनेका छन् । वर्षा सुरु भएसँगै गाउँ माथिको लेकबाट ढुङ्गा खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् ।
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सोमबार लालपुर्जा वितरण गरिएको छ । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपूर्जा वितरण कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका १४ जना पहिरो पीडितलाई लालपूर्जा वितरण गर्नुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न मालवस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।
पाल्पाका १४ वटा सहकारी संस्थाले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पाएका छन् । जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोकाका मासु उत्पादन तथा विक्री गर्र्ने १४ वटा सहकारी संस्थाहरूले उत्पादनका आधारमा प्रतिफल अनुदान पाएका हुन् ।
धर्मसन्तानका नाममा १४९ बालबालिका गैरकानुनी रुपमा विदेश लगिएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार १४९ बालबालिका धर्मसन्तानका नाममा गैरकानूनी रुपमा विदेशमा लगिएको देखिएको हाे।
गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।
जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा नेकपा एमालेका तुलसीराम रोकाया निर्वाचित हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि नेकपा एमालेकै लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्विरोध निर्वाचित हुनुभएको हो ।
साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृतिग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्राडा. टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले शनिबार सो कृतिको लोकार्पण गर्नुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो ।
अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सितगंगा नगरपालिका वडा नं=१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा मालारानी गाउँपालिका वडा नं. ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने अन्दाजी २० वर्षीय विक्रम खनालको मृत्यु भएको हाे ।
नेपाली कांग्रेस, मधेश प्रदेश कार्यसमितिको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा एक दिने अभिमुखिकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सुरु भएको छ ।
फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।