काठमाडौं, वैशाख २५ गते । फिल्म 'ए मेरो हजुर ४'ले आज प्रदर्शनको २५औँ दिन पूरा गरेको छ । यस अवसरमा निर्देशक झरना थापाले दर्शक तथा शुभचिन्तकसामु खुसी प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा २५औँ दिनपछि पनि निरन्तर फिल्म प्रदर्शनमा रहिरहेकोमा आभार प्रकट गर्नुभएको हो ।'आजको दिनमा पनि हाम्रो चलचित्र उपत्यकाभित्र र उपत्यकाबाहिरका मल्टिप्लेक्स अनि सिङ्गल स्क्रिन थिएटरहरूमा पुनःप्रदर्शनमा आइरहेको खबर तपाईंहरूसँग साट्न पाउँदा हामीलाई अपार आनन्द अनुभूति भइरहेको छ,’ उहाँले लेख्नुभएको छ, 'यति धेरै साथ, माया अनि हौसलाका लागि सबैमा मनैदेखि नमन गर्दछौँ ।'निर्माता निर्देशक दक्षिण भारतीय फिल्मका कारण चिन्तित भए पनि 'ए मेरो हजुर ४' ले सुरुवाती हप्ताकै सन्तोषजनक व्यापार गरेको थियो । फिल्ममा अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रीय भूमिकामा हुनुहुन्छ।
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ।
माला कर्णकल्याणपुर, वैशाख २५ गते । सप्तरीको बोदे बरसाइन नगरपालिका ७ मा आइतबार ट्याक्टर पल्टिदाँ एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीयवासी १९ वर्षीय शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ।सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २-०१-००१ त २००१ नम्बरको ट्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्।
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याइदै गर्दा सशस्त्र प्रहरीले इलामको गोर्खेबाट विभिन्न ब्राण्डका मदिरा बरामद गरेको छ।
ताप्लेजुङमा निर्वाचन गराउन मतदान केन्द्रमा खट्ने कर्मचारीलाई दुई चरणमा अभिमुखीकरण गराइएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय तह निर्वाचनमा कर्मचारी खटिनुपर्ने हुँदा आशिंक सेवा बन्द गरेको छ।
राजन रावतहुुम्ला, वैशाख २५ गते । जिल्ला अस्पताल हुम्लामा सेभियर प्रिक्लाम्पसिया भएकी एक गर्भवतीको जटिल शल्यक्रिया गरिएको छ । प्रेसर बढेका कारण जुम्ल्याहा शिशु गर्भमै उल्टो बसेपछि स्वास्थ्य अवस्था गम्भीर भएकी २६ वर्षीया सङ्गीता शाहीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।कर्णाली प्रतिष्ठानका विशेषज्ञ चिकित्सक क्रिशान्त भण्डारीले उक्त जटिल शल्यक्रिया गर्नुभएको हो । शल्यक्रियापछि उहाँले आमा र शिशु दुवै स्वस्थ रहेको जानकारी दिनुुभयो । उहाँले शाहीको प्रेसर बढेको र गर्भमा रहेका दुई शिशुमध्ये एउटा उल्टो र अर्को सुल्टो अवस्थामा रहेको बताउनुुभयो । उहाँले चिकित्सकहरुले डेढ घण्टा लगाएर शल्यक्रिया गर्नुपरेको बताउनुुभयो । शल्यक्रिया सफल भएपछि आमा र शिशुु तिनै जनाको ज्यान सुुरक्षित भएको छ । उक्त शल्यक्रिया गर्ने कार्यमा चिकित्सकहरु रोशन खनाल, कैलाश लामा, देव गजमेर, सुनिल सिहं पुजारा, एनेस्थेसियामा फिरदोश महर्जन र नर्स निमा लामा सम्लग्न हुनुुहुुन्थ्यो । गर्भवती शाहीलाई आईसीयुमै राख्नुपर्ने जटिल केस भएको चिकित्सकले जानकारी दिनुभयो । यस्तो प्रकृतिको बिरामीको पहिलो पटक जिल्ला अस्पतालमा शल्यक्रिया गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले यसअघि पनि हुम्ला अस्पतालमा अन्य किसिमका जटिल शल्यक्रिया गर्दै आएको छ । प्रतिष्ठानले तीन महिनाअघि हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ टोली पठाएको थियो ।
काठमाडौं, वैशाख २५ गते । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको नियमित खोप अभियान संचालन नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मतअधिकार प्रयोग गर्नुपर्ने भएकाले निवार्चनको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान संचालन नहुने जानकारी दिएको हो । निर्वाचन अघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान संचालन हुने भएकाले सबैलाई सकेसम्म चाँडो खोप लगाउन मन्त्रालयले विज्ञप्तिमार्फत् जारी गरी आग्रह गरेको छ। छिमेकी मुलुकहरुमा पछिल्लो दिनहरुमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम भएकाले भिडभाडमा जाँदा सतर्क रहँदै जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।
सिन्धुली कमलामाई नगरपालिका–९ भीमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
१६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधि झापाका उमेश राईले जित्नु भएको छ । प्रज्ञाभवन कमलादीमा शुक्रबार र शनिबार अवेरसम्म चलेको दुई दिने प्रतियोगितामा एनआरके फिटनेशका उमेशले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी चुम्नु भएको हो ।
बिन्दु थापातानसेन, वैशाख २५ गते । यतिबेला चुनावी गतिविधि देशभर भइरहेका छन् । पार्टी हाँक्ने सक्षम नेतृत्वको लागि भन्दै आ–आफ्नो धारणासहित सबैले आफूलाई अगाडि सारेका छन् । यही चुनावी माहौलले पाल्पा जिल्लाका महिला उम्मेदवारलाई पनि तताएको छ । सुनीता अधिकारी ः उम्मेदवार बग्नासकाली गाउँपालिका प्रमुख ःनेका“घर परिवार इष्टमित्र सबैलाई मिलाएर बाँकी रहेको समयमा मात्र राजनीति गर्ने हामी महिलाहरु हरेक आन्दोलन, गोष्ठी, पार्टीका काममा सहभागिता जनाएका छौँ तर सबै ठाउँमा महिलाहरुको योगदान र वलिदानलाई कदर गर्न सकेको छैन । कुरा तेत्तीस प्रतिशत भए पनि महिलालाई आरक्षण कोटामा मात्र सिमित मात्रै गरेको छ । लैङ्गिक विभेदले गर्दा अझै पनि निर्णायक तहमा महिलाहरुलाई आउन दिइएको छैन यसकारण मेरो प्रमुख पदका लागि उम्मेदवार छ । महिलाको नेतृत्वले महिलाको मात्रै मुद्दा उठाउँछ भन्ने गलत सोचाई चिरेर बग्गानसकालीलाई सुन्दर, शिक्षा, कृषिमा विकास गराउने उद्देश्य छ । आशा छ, मतदाताले सक्षम नेतृत्व रोज्न चुक्नु हुनेछैन । सरस्वती दर्लामी चिदी ः उम्मेदवार बग्नासकाली गाउँपालिका प्रमुख – एमालेपरिवार, धर्म, कानुन, राजनैतिक संरचना, पितृसत्तात्मक व्यवस्थाको खम्बाहरु हट्दै गएको भनिए पनि अझै पनि महिला नेतालाई पछाडि पार्न खोजिएको कारण संविधानले दिएका अधिकारहरुलाई समेत उपभोग गर्ने वातावरण सिर्जना हुनसकेको छैन । महिलाहरु अझै पनि सहायक भएर काम गरिरहनुपर्छ भन्ने मान्यताबाट उम्कन नसकेका कारण महिला नेतालाई सँधै ओझेलमा पारियो, महिलाले प्रमुख पदमा रहेर काम गर्न सक्दैनन् भन्ने आम मानिसहरुको बुझाइलाई चिर्न र विगत पाँच वर्षको अनुभवलाई सही तरिकाले कार्यान्वयन गर्न मेरो उम्मेदवारी रहेको छ । महिलाहरुमा आफैँमा आत्मनिर्भरता भयो भने पुरुषसरह नै काम गर्न सक्नेछन् । यी यस्ता विविध असमानताका खाडल हटाउन मात्र नभएर विकास निर्माणका अन्य थुप्रै काम गरेर देखाउन म प्रमुख नेतृत्वमा उम्मेदवारी दिएको छु । प्रचारमा पुरुष नेताहरुकै बढी नाम आइरहेको छ, चिदीले बताउनुभयो ।लक्ष्मी खनालः उपप्रमुख उम्मेदवार रिब्दीकोट गाउँपालिका – एमालेमहिलालाई विभिन्न बाहनामा पछाडि पार्न खोजिएको छ । महिलाहरु सक्षम भए पनि सामाजिक संरचनाले महिलाहरुलाई नेतृत्वमा आउन पछि पारेकाले यसलाई महिलाहरुले नै चिर्दै अगाडि बढ्न मेरो उम्मेदवारी हो । उहाँले गाउँपालिकाको प्रमुख हुने लायक भए पनि पार्टीका नीति नियम र विधानमा टेकेर अगाडि जानुपर्ने भएकाले महिलाहरुलाई गाह्रो भएको महसुस गरेको छु । सक्षम महिलाहरु कोटामा लडेर होइन, खुला रुपमा पार्टीको सहमतिमा अगाडी आउने र गाउँका महिला दिदीबहिनीहरुलाई कोटामा सुरक्षित गरी धेरै महिला सहभागिता गराउनुपर्ने थियो तर गठबन्धनका कारण धेरै महिलाहरु खुम्चिनुपर्यो । विगतका पाँच वर्षमा धेरै कामहरु गरेको छु, सबैमा सन्तुष्टि मिलेको छ । अब पनि महिलाको हक हित, विकास निर्माणका कामहरुमा मिहेनतका साथ काम गरेर महिलाको नेतृत्वलाई उत्कृष्ट बनाउनेछु ।गीता घिमिरे ः उम्मेदवार रैनादेवी छहरा गाउँपालिका उपप्रमुख –एमालेराजनीतिमा धेरै योगदान गरेका महिलाहरु पनि भएको तर यसलाई गठबन्धनका नाममा महिलाको बेवास्ता गरेको छ । हरेक लडाइँमा आन्दोलन र कार्यक्रममा महिलाहरुको उत्कृष्ट योगदान रहे पनि पितृसत्तात्मक सोचाइबाट माथि उठ्न सकेको छैन । लामो समयदेखि महिलाहरुको अधिकारको लागि आवाज उठाउँदै आएको छु । उपप्रमुख पद पनि अवसर हो मेरो लागि महिलाहरु पुरुषको तुलनामा धेरै पछाडि परेको हुँदा महिलाहरुलाई प्राथमिकता दिएर श्रोत तथा साधनहरु न्यायपूर्ण रुपले वितरण गर्ने अवसरहरु समान ढङ्गले दिने र अवसरलाई उपयोग गर्न सक्ने समान क्षमता, ज्ञान र विवेकको विकास गर्नको निम्ति मेरो उम्मेदवारी छ ।कान्ता अधिकारी ः उम्मेदवार रिब्दिकोट गाउपालिका उपप्रमुख काँग्रेस महिलाहरु कुनै पनि कामका लागि असक्षम छैनन् । महिलाहरुको हकहित, न्याय, समानताको लागि पहल गर्दै काम गरिरहे पनि सबै ठाउँमा तेत्तीस प्रतिशत महिलाको सहभागिता अझै कार्यान्वयन हुन नसक्नु महिलाहरुको नेतृत्वलाई सहजै रुपमा स्वीकार्न नसक्नु हो ।हरेक महिला हरेक क्षत्रमा सक्षम हुँदाहुँदै पनि अधिकांश महिलाहरु ढुक्कसँग राजनीतिमा आउन सक्ने वातावरण सिर्जना हुन सकेको छैन, यी यस्ता विधि परिवर्तन र रिब्दिकोटको समग्र विकासको लागि मेरो उम्मेदवारी छ ।
सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये विभिन्न प्रमुख राजनीतिक दलले छवटा पालिकामा महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएका छन् ।
प्रदिप्नराज पन्त खुसी भन्ने निबन्ध लेखिसकेको भए पनि खुसीको परिभाषा कता कता नमिलेजस्तो सीमालाई लागेको थियो । यसैले सीमा कम्प्युटरमै आफ्नो निबन्धमा के परिवर्तन गर्न सकिन्छ भनेर सोचिरहेकि थिइन् तर रात धेरै बितिसकेको थियो यसैले आमाले सीमालाई सुत्न भन्नुभयो । सीमाले आमालाई हुन्छ त भनी तर कम्प्युटरबाट बाहिर ध्यान लगाइनन् । उनले लेख्न खोजेकोजस्तो निबन्ध नबनेकोले गुगलमा केही स्रोत पाइन्छ कि भनेर उनले खोज्न थालिन् । प्रयास गर्दै जाँदा कम्प्युटरमा खुसी सम्बन्धमा लेखिएको एउटा गजबको साइट उनले भेट्टाइन । उनको जिज्ञासा बढ्यो र साइट खोल्न लागिन् ।सीमा एकमग्न भएर कम्प्युटरमा साइट खोल्दै थिइँ, अचानक कसैले उसको नाम लिएर बोलायोजस्तो लाग्यो । झ्यालबाट बाहिर हेरेको त हावामा परी लहराएको जस्तो देखियो । उसले केही बोल्न नपाउँदै परीले भनी, “मलाई लिन आइरहुँ भनेकी होइन, यसैले लिन आएँ, हिँड अब अर्कै सहरमा जाउँ, त्यहाँका राजाले पनि खुसी के हो भनेर जान्न खोजेका छन् ।निबन्ध अहिलेसम्म लेखी भ्याएको छैन, लेखिसके पछि आउँला हुन्न ।हुन्न हुन्न, हाम्रो राजाले भेट्न खोजेपछि आउनै पर्छ । पृथ्वीका मानिसले हाम्रो राजाको आदेश चाहिँ मान्नै पर्छ ।नमाने के हन्छ, सीमाले सोधिन“त्यस्तो कुरा नगर न सीमा, पहिला मसँगै त आऊ”त्यसपछि दुवै जना परीले ल्याएको रकेटमा चढे । रकेट जब अर्को ग्रहको सतहमा पुग्यो त्यतिखेर उज्यालो भएको थियो । यस्तो उज्यालो कि सीमाले त्यस्तो उज्यालो कहिल्यै महसुस गरेकी नै थिइनन् । प्रकाश नीलो थियो । सीमाले रकेटको झ्यालबाट बाहिर हेरिन् सूर्य पनि दुइवटा र फरक फरक किसिमको उज्यालो फैलाएका देखिन्थे । एउटा सूर्यले पूर्ण रूपमा नीलो प्रकाश फैलाएको थियो जसका कारण सम्पूर्ण वातावरण नीलो भएको थियो । अर्को आश्चर्य त के थियो भने चन्द्रमा पनि धेरै थिए गन्नै नसकिने यसैले सीमाले कतिवटा चन्द्रमा त्यहाँ थियो भनेर पत्तै लगाउन सकिन ।परी रकेटबाट बाहिर निक्लिइ र सीमा पनि बाहिर आउन खोजी तर परीले रोकी “पर्ख सीमा पर्ख, सबभन्दा पहिला यहाँ तिमी पृथ्वी बसेको मानिसहरूले सास लिन सक्छन कि सक्दैनन् भनेर जाँच्नु पर्छ । तिमीहरूको शरीर कार्बनद्वारा बनेको हुन्छ यसैले बाँच्नका लागि तिमीहरूलाई अक्सिजन चाहिन्छ भनेर परीले भनी र चाहिने जति अक्सिजन छ कि छैन भनेर जाँच्न थाली । जाँच गरिसकेपछि परी रकेटभित्र आई र सीमालाई स्पेस सुट लगाउन दिई, रकेटको एरलक खोलिदिई र विस्तारै ग्रहमा पाइला राख्न भनी ।एक किसिमको मरुभूमिजस्तो उजाड ठाउँमा ल्याएकोमा सीमा परीसँग रिसाइन् तर परीले सम्झाउँदै भनी, “सीमा नरिसाउ यहाँको ग्रह पृथ्वीजस्तो सुन्दर कहाँ हुन्छ र ? त्यसमाथि पनि तिम्रो देश त झनै राम्रो छ, आकाशबाट हेर्दा त तिम्रो देश स्वर्गको टुक्रा जस्तै लाग्छ” “हो ज्यादै सुन्दर छ,” सीमाले गर्व साथ भनी “त्यस्तो सुन्दर देशबाट आएको मानिसलाई यहाँको बालुवा र माटोको थुप्रोले दिक्क बनायो र मलाई त डर पनि लागिरहे ।नडराउ, परीले भनी, हामी एकैछिन यहाँ बस्ने त हो त्यसपछि राजाको विशेष विमान आउँछ त्यसमा चढेर हामी अर्को लोकमा जान्छाँै, र त्यो सहर तिम्रो देशजस्तै सुन्दर छनभन्दै क्षितिजबाट एक विशेष किसिमको विमान उनीहरू भएतर्फ आउँदैथ्यो । र बालुवै बालुवा भएको ठाउँमा आएर बस्यो र केही समयपछि त्यहाँबाट अति अग्लो हरियो घाँसको पालुवै पालुवाले ढकमक्क भएको रुखजस्तै अग्लो मानिस बाहिर आयो । हात खुट्टा पनि रुखको हाँगाजस्तै ठूलो र अग्लो थियो । टाउको हात्तीको भन्दा पनि कैयाँै गुना ठूलो थियो । शरीर चाहिँ पातै पातले भरिएझैैं हरियो देखिन्थ्यो ।उ लमक लमक हात्ती लम्किएजस्तै सीमा र परी भएको ठाउँतिरै आयो । परीले कुनै प्रतिक्रिया नदेखाइ चुपचाप रहन भनेर सीमालाई भनी । जब त्यो नजिकै आइपुग्यो उसले परीसँग हात मिलायो । सीमाले त्यस्तो आकृति अहिलेसम्म नदेखेको हुनाले त्यसलाई एलिएन भनेर सम्झी । एलिएनले सीमालाई उत्सुकतापूर्वक हे¥यो र अलिकता टाढै बस्यो ।“उनी सीमा हुन्, पृथ्वीबाट आएकी । खुसी के हो भन्नेबारेमा हामीलाई जानकारी दिनेछिन ।”एलिएन सीमालाई हेरेर मुस्करायो त्यसपछि उसले अनौठो भाषामा परीसँग कुरा गर्न थाल्यो । सीमाले केही बुझिन । त्यसपछि एलिएनले आफ्नो विमानतिर इसारा गर्दै सीमा र परीलाई जान अनुरोध ग¥यो । सीमाले परीतिर हेरी र परीले पनि जान इसारा गरेपछि सीमा विमानतिर गइन् । विमानभित्र प्रवेश गर्ना साथ विमान अत्यन्त गतिको साथ उड्यो र अर्को ठाउँमा पुग्यो । अर्को स्थान सीमाको घरगाउँ जस्तै देखिन्थ्यो घरहरू उस्तै बाटो सडक उस्तै । उनीहरू सबै एउटा ठूलो कोठामा गए । त्यहाँ एउटा रोबर्टजस्तै देखिने मानिसले उनीहरूको लागि खाने कुरा ल्यायो र खान भन्यो ।परीले चाहिँ भोक लागेको छ भनेर धमाधम खान थाली तर सीमाले चाहिँ रोकिएर के के खाना हो भनेर हेर्न थाली । त्यत्तिकैमा उसले मधुरो आवाजमा कोही मानिसहरू सलबल गरेझैं लाग्यो । उनले झ्यालको पर्दा खोलिन । बाफ रे त्यहाँ त एक से एक पृथ्वीजस्तै भीड, कोही नाचिरहेका कोही गाइरहेका । टँुडिखेलमा कहिलेकहीँ हुने कन्सर्टजस्तै त्यहाँ त युवायुवतीहरू मस्तसँग नाचिरहेका तर उसले आफूजस्तै कुनै बालकलाई भने देखिन र परीलाई सोधिन् ।“किन यहाँ हामीजस्ता साना बालक देखिँदैनन् की यहाँ बालकहरू हुँदैनन् ।‘हुन्छन तर यो कन्सर्ट वयस्कहरूका लागि भएको हुनाले यहाँ नआएका हुन् ।’‘त्यसो भए यहाँका बालकहरूले मनोरञ्जन कसरी गर्छन् त ? ‘उनीहरूको मनोरञ्जनका लागि खास खास ठाउँमा पार्कहरू बनाइएको हुन्छ त्यहीँ गएर उनीहरूलाई भेट्न सकिन्छ ।’त्यसो भए जाउँ न त पर्ख, राजालाई नसोधिकन जान पाइँदैन यहाँका बालक कस्ता हुन्छन्तिमीजस्तै सानो तर सुन्दर दयालु र आफू पीडामा रहेर पनि अरूहरूलाई खुसी दिने प्रयास गर्छन् । तिम्रो लोकमा पनि उनीहरू हुन्छन् ।हाम्रो लोकमा, सीमाले आश्चर्य मानिन् हो, उनीहरू प्रकृतिमा जताततै हुन्छन तर पृथ्वीमा चाहिँ अदृश्य रूपमा तर तिमीहरूका हितका लागि प्रकृति सञ्चालनमा भूमिका खेल्छन् । तिनीहरूको सङ्ख्या अर्बौंमा छ तर तिमीहरूले पाँच प्रतिशतभन्दा पनि कमलाई मात्र चिनेको छौ । हुन पनि उसले विज्ञानमा पढेकी थिइँ पृथ्वीमा भएका पाँच प्रतिशत जीवहरूलाई मात्र मानिसले पत्ता लगाएको छ अन्य ९५ प्रतिशत कस्तो छ मानिसलाई थाहै छैन, यसैले उसले पनि कुनै दिन अहिलेसम्म पत्ता नलगाएको केही जीवलाई पत्ता लगाउन सक्छु कि भनेर सोचेकी छ ।यत्तिकैमा उनको नजिक प्रशस्त साना एलिन हरू देखिए र तिनीहरू सबैले उनलाई नै घुरेर हेरिरहेक थिए । तिनीहरूको आकार पृथ्वीकै बाघ भालुलगायतका असङ्ख्य जीवहरूको आकृतिसँग मिल्दोजुल्दो थियो । सीमालाई आश्चर्य लागेन । यी सबैलाई उसले पृथ्वीमा देखिकी थिई र उसले झ्यालको डण्डीहरूलाई हेरिन् । एक अद्भूत अनौठो चिह्न सङ्केत अद्भूत अनौठो थियो । सीमाले ती सङ्केतहरू बुझिनन् तर सङ्केतको तल नेपाली अक्षरमा लेखिएको थियो ‘संसारको हरेक प्राणीलाई आफ्नै देश, आफ्नै गाउँ र आफ्नै घरमा खुसी हुन्छ’ सीमालाई पनि लाग्यो खुसी हुन त आफ्नै घर आफ्नै देश चाहिन्छ । उसले परीलाई छिट्टै आफ्नो घर गाउँ फर्काउन अनुरोध गरिन् र परीलाई पनि कसैले समाचार दिएको थियो कि आज राजा सीमालाई भेट्न आउन सक्दैनन् भनेर । त्यसपछि परीले उनलाई फर्काउनका लागि रकेटसम्म जान भनी ।अचानक सीमाको कम्प्युटर अफ भयो । कम्प्युटर अफ हुनासाथ सबै दृश्य हराए । कम्प्युटर साइटमा उ जस्तै सानो बच्चालाई खुसीको अर्थ खोज्न अर्को ग्रहमा देखाइएको काल्पनिक कथाको घटनाले उसलाई आफैँ गएजस्तो भएको काल्पनिक भावना आएको रहेछ तर जे भए पनि सीमाले खुसीको खास अर्थ बुझी र साइटको अन्त्यमा लेखिएको ‘आफ्नै घरमा मानिस धेरै खुसी हुन्छ’ भन्ने शब्दले चाहिँ उसलाई पनि धेरै खुसी बनायो र आफ्नो निबन्धमा थप्ने विचार गरी ।