तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफूल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ ।
सिद्धार्थ गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाँउ तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचिकृत गर्न पहल हुने भएको छ । तिलौराकोटको अवलोकन गर्नुुभएपछि सो विषयमा प्रक्रियाहरु अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभएको हो ।
धनकुटाको हिलेबजारमा आजदेखि नेवाः समुदायको परम्परागत जात्रा लाखे जात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाह नै नगरी हिलेमा लाखे नाच सुरु गरिएको हो । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आज मंगलबारबाट झीगु नेवाः समाज, हिलेले निकालेका हुन् ।
कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ स्थित पर्यटकीय विकासका लागि बुड्ढी तालमा डुङ्गा सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा बुद्धुभूमि नगर पालिकाको गौरवको आयोजनाको रुपमा सो डुङ्गा सञ्चालन गरिएको हो ।
छिल्लो केही दिनदेखि बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढेसँगै अस्पतालमा बिरामीको भीड बढ्न थालेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । हाल विदेशी मुद्रा सञ्चिति संकुचन भइरहेको र मुद्रास्फिति आकासिएको अवस्थामा मौद्रिक नीति सार्वजनिक हुँदा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु र तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घमबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको हो ।
दुई दिन अघिदेखिको लगातारको वर्षापछि हुन सक्ने नदी कटान र डुबानलाई दृष्टिगत गर्दै चितवन नवलपुर क्षेत्रको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।
कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा बेवास्ता गरिरहेको बताउनुभएको छ । मंगलबार प्रशुति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’ स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो ।
सखुवानन्कारकटि गाउँपालिका वडा नम्बर –१ मैवाहीका ४०१ बालबालिकाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । साउन १६ गते सोमबार सम्पन्न शिविरमा मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकाको आँखामा समेत असर परेको चिकित्सकहरुले बताएका छन् ।
प्युठानमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। घटनास्थलमै एक र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेट भएको छ ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले गोरखापत्र अनलाइनलाई सो जानकारी दिनुभएको हो ।