नाटकको सुरुवातमा कलाकारहरूले बेलुनलाई माया गर्दै मुसारी रहन्छन् । लाग्छ बेलुनले केही प्रतिक्रिया जनाउँदै छ । बेलुनसँगै बम पड्कन थाल्छन् । अनि सुरु हुन्छ झुस्स दारी पालेका अग्लो कदको एउटा केटो र पल्पसाको सवाद । चित्रकारलाई सबैकुरा थाहा छ ।
स्थानीय तह निर्वाचन नजिकिदै छ । यो साता भर निर्वाचनको तयारी कस्तो हुँदै छ र मतदाताहरु आ–आफ्नै काममा व्यस्त देखिन्छन् ।
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने दुईपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय इलामसहितको सुरक्षा निकायका प्रमुख र भारतको सीमा सुरक्षा बल (एसएसबी)सहित सुरक्षा प्रमुखको बैठकले निर्वाचनका बेला सीमा क्षेत्रमा कुनै प्रकारका अवैध गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो ।
सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको खातामा एक अर्ब छ करोड रुपियाँ जम्मा गरिदिएको छ । गत जेठ र असार महिनाको योगदानबापतको रकममध्ये ८४ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो ।
महिला सहभागिता ५० प्रतिशत हुनु पर्ने माग भइरहेको भए पनि यसपटकको स्थानीय चुनावमा प्रमुख दलले सुदूरपश्चिमका ७३४ वडामा झण्डै पाँच प्रतिशत अर्थात ३५ जनाले मात्र उम्मेदवारी पाएका छन् ।
चितवनमा यतिबेला बर्डफ्लुका कारण कुखुरापालन व्यवसायमा सन्त्रास छाएको छ ।गत माघमा पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु यतिबेला जिल्लाभर फैलिएको छ । केही समययता फैलिएको बर्डफ्लुका कारण हजारौँ कुखुरा नष्ट गरिएको छ भने सयौँ खोर खाली भएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ ।
यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो । ‘डक्टर स्ट्रेन्ज–२’ हरर शैलीको चलचित्र हो ।
नेपालमा प्रधान न्यायालय ऐन लागू भएको ७० वर्ष भएको छ । त्यसैलाई सन्दर्भ पारेर सोमबार नेपालमा कानुन दिवस मनाइँदैछ । वि.सं. २००९ वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको मितिलाई कानुन दिवस मनाउने प्रचलन छ ।
स्थानीय तह निर्वाचनका लागि तुलनात्मक रूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ । आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको जनाएको छ । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । खटाइएका टोलीका लागि आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो ।
लुम्बिनी विकास कोषले २५६६औँ बुद्धजयन्ती भव्यतासाथ मनाउने भएको छ । आइतबार लुम्बिनीमा कोषले आयोजना गरेको पत्रकार अन्तत्र्रिmया कार्यक्रममा बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती र लुम्बिनी दिवस भव्य रूपमा मनाउने जनाएको छ ।
युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एन्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधीकरण मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनील ल
सुर्खेतका तीनवटा स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । युवा संस्था सञ्जाल (आयोन)द्वारा स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
स्थानीय तहको निर्वाचनको तयारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले तीव्र पारेको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरमा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई प्रशिक्षण, मतदानका लागि आवश्यक सामग्रीको व्यवस्थापन, सुरक्षाकर्मीको परिचालनलगायतलाई तीव्रता दिइएको हो ।