• १३ साउन २०८१, आइतबार

मौवाहीका ४०१ बालबालिकाको निःशुल्क आँखा जाँच

blog

जीबछ यादव 

लहान, साउन १७ गते । सखुवानन्कारकटि गाउँपालिका वडा नम्बर –१  मैवाहीका ४०१ बालबालिकाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । साउन १६ गते सोमबार सम्पन्न शिविरमा मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकाको आँखामा असर परेको चिकित्सकहरुले बताएका छन् । 

चिकित्सक मोहम्मद रजाकका अनुसार ६ महिनादेखि १४ वर्ष उमेरका समूहका बालबालिकाको आँखा जाँच गर्दा १२ जना बालबालिकामा जटिल प्रकारको समस्या देखिएपछि थप उपचारको लागि लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा पठाएको जानकारी दिनुभयो । 

‘साना बालबालिकाहरुले मोबाइलमा खेल खेल्न र अन्य भिडियोहरु हेर्न बढी समय दिँदा आँखामा असर पर्नेहरुको सङ्ख्या बढी देखिएको छ । मोबाइलबाट बालबालिकाहरुलाई टाढै राख्न आमाबुबाले ध्यान दिन आवश्यक छ ।