प्युठानमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। घटनास्थलमै एक र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेट भएको छ ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले गोरखापत्र अनलाइनलाई सो जानकारी दिनुभएको हो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ । समाजवादी नेताका रुपमा चिनिने गिरीका स्वकिय सचिव कृष्ण खनालले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिनुभयो ।
चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो ।
लमजुङमा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ ।
युक्रेनबाट खाद्यान्न आपूर्ति भएपछि विश्वमा खाद्यान्नअभावको समस्या केही हदसम्म समाधान संयुक्त राष्ट्र संघले बताएको छ । खाद्यान्न बोकेको पानी जहाजलाई पहिलो खेप युक्रेनी बन्दगाह (हाल रुसी कब्जा)बाट सुरक्षित रुपमा गन्तब्यतर्फ पठाउन सबै सम्बद्ध पक्षहरुले तयारी थालेका छन् ।
पाल्पामा आर्थिक वर्ष (आव) २०७८÷०७९ का लागि विनियोजन भएको कुल बजेटको ७८ प्रतिशत खर्च भएको छ । जिल्लास्थित कार्यालयहरूको चालुतर्फ र पूँजीगततर्फ विनियोजन भएको कुल बजेट १४ अर्ब ९७ करोड ६१ लाख बजेटमध्ये ११ अर्ब ६३ करोड १० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ ।
सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको सरकारी कार्यालयका पर्खालहरु यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । ती पर्खालहरु मिथिला चित्रकलाले रङ्गिएको छ। धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाइको दृष्टिले कार्यालय परिसर क्षेत्रमा मिथिला कलामार्फत् देवी देवताका चित्र बनाउन लागेको हो ।
बागलुङ नगरपालिका बागलुङको अघिल्लो नेतृत्वले नगर गौरवको योजना अन्तर्गत आधुनिक बसपार्क निर्माण गरेको छ । करिब दुई दशकको अथक प्रयासपछि बसपार्क भनेपछि व्यवसायिक तथा सेवाग्राही दुःखी थिए ।
बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ ।
यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको छ । हिंसात्मक विद्रोह जारी रहेको यहाँ गत अप्रिल २ बाट युद्धविराम सुरु भएको थियो । अन्तर्राष्टिय रुपमा मान्यता प्राप्त यमनी सरकार र यहाँका हुथी विद्रोहीका बीचमा शान्तिपूर्ण वार्ताका माध्यमबाट हिंसा अन्त्यको मार्ग खोज्नका लागि युद्धविराम भएको थियो ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु २ त ५६०३ नम्बरकाे ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वरको २ को देउरालीमा दुर्घटना भएको हो ।